एचकेनेपाल डट कम सम्वाददाता-
सिलिगुडी, नेपाली हेयर स्टाइलिष्टको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हेयसर स्टाइलिष्ट निलडेविड कटुवाललाई उनको प्रतिभा तथा ख्यातिको सम्मान गर्दै गोर्खा समाज सिलिगुडीले हालै एक समारोहा बीच सम्मानित गरेको छ।

कपाल काट्ने व्यवसायबाट देश–विदेशमा हुने नाम कमाएका नील डेविडले आफ्ना छोरा–छोरीको इच्छा अनुरुपको काममा सहयोग पुर्याए मात्र उसको अविष्य उज्जवल हुने बताउंदै भारतवासी नेपालीहरुबाट सम्मानित हुन पाउदा ज्यादै खुसी लागेको बताए। उनलाई गोर्खा समाजका अध्यक्ष संजीव क्षेत्रीले ढाका टोपी र खादा लगाएर सम्मान पत्रका साथ सम्मान गरेका थिए।

नेपालको काठमाडौं, विराटनगर, विर्तामोडसंगै भारतको सिलगुडीमा आप्mनो हेयर सैलुन खोलेका नील डेविडको नाममा सिक्किम–गान्तोक र विहार–पटनामा समेत सैलुन खुल्दैछ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस