एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, १ माघ । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कानून अनुसार कारवाहीको माग गर्दै पत्रकारहरुले आज पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन्। यसक्रममा आज पत्रकारहरुले अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार घेराउसँगै धर्ना दिए।
नेपाल पत्रकार महासंघ काठमाडौको अगुवाईमा भएको धर्ना र घेराउ गर्दै पत्रकारहरुले पत्रकार हत्याका दोषिमाथि कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने घोषणा गरे।
सो क्रममा नेपाल बार एसोसीएसनका महासचिव विजय मिश्रले नेपाल बार एसोसीएसन पत्रकार हत्याका दोषीमाथि कारवाही गराउन नेपाल बार एसोसीएसन ले कानूनी मोर्चा सम्हाल्ने प्रबिद्धता ब्यक्त गर्दै कारवाही गराएर छाड्ने बताए।
उनले दोषीको बयान सुचारु गर्न र पीडितको न्यायको लागि बार एसोसीएसनले पहल कदमी लिईसकेको जानकारी समेत दिए।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यसोदा तिम्सिनाले पत्रकार हत्याका दोषीलाई कारवाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिदै महासंघले भोलि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिईन्। दैलेख गएको मिसन टोलीले समेत भोलि नै छानविन प्रतिवेदन जारी गर्ने समेत उनले जानकारी दिईन्।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकार डेकेन्द्र थापा र कृष्णसेन ईच्छुक मात्रै नभई सबै घटनाका हत्यारालाई कारवाही हुनु पर्ने भन्दै प्रधानमन्त्रीलाई अनुसन्धान नरोकी कानूनी प्रक्रियाद्धारा अघि बढ्न सुझाव दिए।
उनले डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन ९५ प्रतिशत पत्रकारहरुले लविङ गरेको स्मरण गराउँदै प्रेस स्वतन्त्राको ब्यवहारमा सम्मान गर्न सुझाव दिए। उनले प्रेस स्वतन्त्रालाई छेक्नु भन्दा पहिला त्यस्तै प्रयास गर्दा ज्ञानेन्द्रको के हालत भयो भनेर नियाल्न आग्रह गरे।
घेराउ कार्यक्रममा पूर्व सभापति हरि लम्साल, दामोदर दवाडी, केन्द्रीय सदस्य दिपक पाण्डे, प्रेस चौतारीबाट रामहरी सिल्वाल र काठमाडौ शाखका सभापति गोविन्द चौलागाईले दोषिमाथि कारवाही नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b