भाईराम चौलागाई / एचकेनेपाल डट कम-
कुवैत सिटी, १३ जनवरी । कुवेतविरुद्धको मैत्रीपूर्ण पहिलो शृंखलामा नेपाली राष्ट्रिय महिला टोलीले ८ गोलको फराकिलो अन्तरले बिजय हासिल गरेको छ।
कुवैतसिटीको कद्सीय रंगशालामा शनविार भएको खेलमा नेपालको तर्फबाट खेल सुरु भएको पहिलो मिनेट सृजना राना, आठौ मिनेटमा अनु लामा, प्रन्ध्रौ मिनेटमा अनु लामा, ४१ मिनेटमा लक्ष्मी पौडेल, ४४ मिनेटमा दिपा अधिकारी, ६३ मिनेटमा अनु लामा, ६६ मिनेटमा अनु लामा र ६९ मिनेटमा चन्द्रा भण्डारीले गोल गरेका थिए।
एकतर्फी खेलमा नेपालले थुप्रै पटक आक्रमण गरेको थियो। कुवैतको तर्फबाट एक गोल गर्ने प्रयास भए पनि बलले सही दिशा लिन नसक्दा पोस्ट माथिबाट बल बाहिर गएको थियो। झण्डै ५०० नेपाली दर्शकको साथमा नेपाली चेलीहरुले धेरै राम्रो खेल खेलेका थिए।
३८ मिनेटमा नेपाली चेलीको सशक्त प्रहार २ चोटी पोस्टमा लागेर फर्किएको थियो। खेल अबधिभर नेपालले ४३ नेटमा १ पेनाल्टी, २ फ्री किक र चार कर्नर पाएको थियो भने कुवेतले पनि केही कर्नरको अवसर पाएको थियो।
मध्यान्तरपछि भने कुवेतले प्रदर्शन सुधारिएको थियो तर पनि नेपाली खेलाडीको सामु उनीहरुको केहि चलेन। नेपाली फर्वाड अनु लामाले खेल अबधि भर उत्कृष्ट प्रदर्शन गर्दै रंगशालामा उपस्थित सबैको मन जित्न सफल भएकी थिइन्।
मैत्रीपूर्ण खेल अबधिभर पहेंलो कार्ड र रातो कार्डको प्रयोग गर्नु परेको थिएन। नेपाली दर्शकको साथमा नेपाली दूताबास कुवैतका पदाधिकारीहरुले पनि कदसिय रंगशालामा पुगेर खेल हेरेका थिए।
कुवैत फूटबल एसोसियसनको निमन्त्रणामा कुवैत भ्रमण रहेको नेपाली राष्ट्रिय महिला टोलीले अब दोस्रो खेल मंगलबार कदसिय रंगशालामै बेलुकी ५ः३० बजे कुवेतविरुद्ध खेल्ने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b