एचकेनेपाल डट कम संवाददाता-
कोरियाको भम्रणमा रहेका राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार भवानी बराललाई धरान कोरिया सहयोग तदर्थ समितिले आइतवार एक थान ल्यापटप उपहार प्रदान गरेको छ।

धरान कोरिया सहयोग तदर्थ समितिका संयोजक डम्बर सुब्बाले पत्रकार बराललाई हस्तान्तरण गरेका हुन्।

ल्यापटप ग्रहण गर्दै पत्रकार बरालले उपहार प्रदान गर्ने धरान कोरिया सहयोग समितिको तदर्थ समितिलाई धन्यवाद ज्ञापन गर्दै चाडोभन्दा चाडो यो तदर्थ समितिलाई पूर्णता दिईया।े

समितिले धरान क्षेत्रको विकासमा अहम भूमिका निर्वाह गर्दछ भन्नेमा आशावादी रहेको बताउदै आफूले पनि पत्रकारिता क्षेत्रबाट धरान नगरपालिकाको विकासको लागि सक्दो बढी कलम चलाउने बताए।

स्मरणीय छ, धरान कोरिया सहयोग समितिलाई सशक्त, सक्रिय प्रभावकारी बनाउन गत जनवरी ५ तारिख तदर्थ समिति गठन गरिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस