प्रेम न्यौपाने /एचकेनेपाल डट कम-
पोखरा, २९ पुस। उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान कास्कीको आयोजनामा आइतबारदेखि पोखरामा छैटौं हिसान कास्की स्पोर्टस् मिट–२०६९ सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै उच्च मावि शिक्षा परिषद्का सदस्य–सचिव भीमलाल श्रेष्ठले उच्च शिक्षाको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए। उनले प्राविधिक शिक्षाको विकासमा सामुदायिक विद्यालयले खासै योगदान नदिएको आरोप लगाउँदै निजी क्षेत्रले पु¥याएको योगदानको कदर गरिनुपर्ने बताए। शिक्षामा मात्र नभइ खेलकुदमा लागिरहेको भन्दै खेलकुदमा जस्तो टीम स्पिरिट देशका ठूला दलका नेताहरूमा हुने हो भने सङ्क्रमणकालको अन्त्य छिट्टै हुने बताए। उनले आगामी माघ १७ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुन गइरहेको हिसान नेपाल स्पोर्टस् मिटमा सहभागिताको लागि उच्च मावि शिक्षा परिषद् पश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट हिसान कास्कीलाई ५० हजार सहयोग उपलब्ध गराउन आफूले निर्देशन दिएको बताए।

उच्च मावि शिक्षा परिषद् पश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय पोखराका प्रमुख रमेश अधिकारीले खेलकुदका मूल्य, मान्यता र अनुशासनलाई मध्यनजर गर्दै खेल्न विद्यार्थीलाई आग्रह गरे।उनले अनुशासन खोलडीको महत्वपूर्ण पाटो भएकोले निजी शिक्षण संस्थाहरूले खेलकुदमा धेरै ध्यान दिन सफल भएको बताए।

मुख्य प्रायोजक इन्फोमेटिक्स कलेज पोखराका प्रबन्ध निर्देशक प्रधुम्न केसीले हिसान कास्कीसँग सहकार्य गर्न पाउँदा आफूहरूलाई खुशी लागेको भन्दै प्रतियोगिताका हरेक खेलका विजेता विद्यार्थीलाई कलेजमा अध्ययन गर्न चाहेमा सर्टिफिकेटसहित कलेजमा लाग्ने ट्यूशन फिमा २० प्रतिशत छुट दिइने जानकारी दिए।

ओलम्पियन नारायण गुरुङले विदेशमा खेलाडीको बारेमा सरकारले सोच्छ तर नेपालमा निजी क्षेत्रले सोच्नुपर्ने बेला भएको बताए।उनले विद्यालय–विद्यालयमा तालिम सञ्चालन हुनु खुशीको कुरा भएको बताए।

अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले हिसान कास्कीसँग मिलेर आफूहरूले कास्कीका उच्च माविका थ्री एम लागू गरेको र यसलाई कडाइका साथ कार्यान्वयन गर्दै जाने बताए। सो अवसरमा नेपाली तथा अङ्ग्रेजी निबन्ध लेखनका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

उद्घाटन खेलअन्तर्गत छात्र बास्केटबलमा पोखरा मल्टीमोडल उमाविले केफ उमाविलाई १८–१२ ले पराजित ग¥यो। दोस्रो खेलमा पश्चिमाञ्चल उमाविले सृजना उमाविलाई ३९–२१ ल्े पराजित ग¥यो। तेस्रो खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले सगरमाथा उमाविलाई ४०–३२ ले पराजित ग¥यो। चौथो खेलमा बालोदय उमाविले न्यू लाइट उमाविबाट वाकओभर पायो। छात्र बास्केटबलमा १८ टीमको सहभागिता रहेको छ।

छात्रा भलिबलतर्फ चार खेल सम्पन्न भए। जसअनुसार पहिलो खेलमा ज्ञानुबाबा उमाविले सृजना उमाविलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो। दोस्रो खेलमा सगरमाथा उमाविले ग्लोबल कलिजियट उमाविलाई २५–२१, २०–२५, २६–२४ ले २–१ को सेटमा पराजित ग¥यो। तेस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले पोखरा मल्टीमोडाल उमाविलाई २५–१४, १४–२५ र २५–१८ ले २–१ को सेटमा पराजित ग¥यो।चौथो खेलमा पोखरा उमाविले लिटिल स्टेप उमाविलाई २५–२२ र २५–११ के सोझो सेटमा पराजित ग¥यो।विजेता चारै टीम सेमिफाइनलमा प्रवेश गरेका छन्।छात्रा भलिबलमा आठ टीमको सहभागिता रहेको छ।

प्रतियोगिताका मूल संयोजक एवं हिसानका सल्लाहकार सूर्यबहादुर जिसीले प्रतियोगितामा २०६७ र २०६८ सालमा नियमित विद्यार्थीलmे मात्र सहभागिता जनाउन पाउने जानकारी दिए। हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण केसीले स्वागत मन्तव्य र सचिव रामजी शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।चार दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा खेलाडीको तर्फबाट पोखरा मल्टीमोडल उमाविका अमीत केसी र अफिसियलको तर्फबाट रामबहादुर क्षेत्रीले सपथग्रहण गरेका थिए।

सोमबार टेबलटेनिसलगायत छात्रछात्रा बास्केटबल, छात्रछात्रा भलिबल खेल सञ्चालन हुनेछन्। छात्र भलिबलमा १५ टीमतथा छात्रा बास्केटबलमा १० टीम, टेबलटेनिसतर्फ छात्र डबल्समा १६ टीम, छात्रा डबल्समा १० टीम, छात्र सिंगलमा ३४ टीम तथा छात्रा सि·लमा १९ टीमको सहभागिता रहेको छ। गतवर्षको विजेता विद्यालय ग्लोबल कलिजियट उमावि हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस