एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १३ जनवरी। मोना हङकङका सचिव लोकेश बोगटीको आइतवार विहान हङकङमा निधन भएको छ।

नेपालमा म्याग्दी रत्नेचौर घर भएका बोगटी बेलुकी खाना खाएर सुतेपछि विहान मृत अवस्थामा भेटिएको बोगटीका सहकर्मी प्रमोद गिरीले बताए। ‘अझै विश्वास लाग्दैन, हिजोसम्म संगै थियौ’ बाल्यकालका साथी समेत रहेका गिरीले भने,’प्रवासी म्याग्देलीलाई अपुरणीय क्षती पुगेको छ।’


लोकेश बोगटी, फाइल तस्विर

सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा ३०३४ जेठ ३१ गते जन्मेका बोगटी जिल्लामा पहिलो पटक निजी विद्यालयको अवधारणा भित्राएका स्वर्गिय ओमबहादुर बोगटीको कान्छा छोरा हुन्। आफ्ना दुई छोराको नाममा लोकदिप आवासीय माध्यामिक विद्यालय समेत स्थापना गरिएको छ।

‘म्याग्दीले एक सक्रिय, समाजसेवी युवा गुमाएको छ, उहाँको सपना पुरा गर्ने छौ’ मोना हङकङले भनेको छ।

विभिन्न क्षेत्र, बर्ग र जातीयसहितको ३३ वटा संस्थाको प्रतिनिध गर्ने हङकङ नेपाली महासंघको महासचिब तथा म्याग्दी प्रवासी संघ (मोना) हङकङका सचिव समेत रहेका बोगटी जिल्लाको आिर्थक, समािजक, सांस्कृितक लगायतका क्षेत्रमा मोना हङकङले निरन्तर सहयोग गर्ने योजना अनुसार एउटा प्रोजक्ट बनाइरहेका थिए।

‘जिल्लामा सहयोग गर्नुपर्छ भनेर सधै सक्रिय हुनुहुन्थ्यो’ प्रवासी म्याग्देली मोना हङकङका दल शेरपुञ्जाले भने। नेपालबाट हङकङमा बसोबास गर्ने युवाहरु मध्ये सक्रिय युवाका रुपमा स्थापित बोगटी खेलकुद, साङ्गीतिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सक्रिय थिए।

स्व. बुवा ओमबहाद्ुर बोगटीको सम्झनामा पहिलो गीति सङ्ग्रह चाडै नै बजारमा ल्याउने तयारीमा समेत रहका बताउँने बोगटीसंग बेनीअनलाइनले अन्तरबार्ता समेत लिएको थियो। मृत्युको कारण पहिचान नभएपनि सुत्ने बेलामा घाँटी खसखस भएको भन्दै औषधी सेवन गरेको पारिवारीक स्रोतले बताएको छ।

जेठो दाई दिपक बोगटी मलेसिया, आमा र श्रीमति हङकङमै रहेकाले दाहसंस्कार यतै गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

यसैबीच, बोगटीको दुखद निधनको समाचारले सम्पूर्ण युकेबासी म्याग्देली परिवारलाई स्तब्ध बनाएको मोना युकेका अध्यक्ष उमेश रानाले एचकेनेपाल डट कमलाई बताए। यस् दुखद घडीमा उहाँको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस् भनी मोना युके परिवारले भगवानसँग प्रथाना गर्दै हार्दिक समावेदन प्रकट गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस