एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ पुस । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरेर कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले द्धन्दकालमा भएका घटनाको यसरी छानविन गरिने हो भने द्धन्द कालमा सरकारको नेतृत्व गरेर एमाले र काग्रेसको नेताहरु पनि तानिने चेतावनी दिए।

साक्षात्कारमा पौडेलले भने– आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कही पुगिदैन। शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ।

उनले द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरे मिलाउनु पर्ने भन्दै यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन सरकार चुप लागेर नबस्ने चेतावनी दिए।

पौडेलले भने–यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । सरकार पनि उनीहरुले आन्दोलन गरे हामि पनि चुप लागेर बस्दैनौ। माओवादी शान्ति प्रक्रिया प्रति प्रतिबद्ध भएकोले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै सम्झौता विपरित गतिविधी भए पछि प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने बताए । उनले अनुसन्धान हुन प्रधानमन्त्री र महान्यायाधिवत्ताले आदेश दिएको भनी पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो जवाफ दिएका हुन्। उनले भने–शान्ति सम्झौता विपरित भए पछि प्रधानमन्त्री चुप लागेर बस्ने कुरै हुँदेन।

आज प्रकाशित कान्तिपुर दैनिको विशेष सम्पादकीयप्रति लक्षित गर्दै पौडेलले आम सञ्चारका माध्यमहरुलाई कुनै राजनीतिक पार्टी र आईएनजीओहरुको प्रवक्ता नबन्न चेतावनी दिए। उनले भने–मिडिया आफ्नो धर्मबाट बाहिर जाँदै छ। यसले राम्रो गर्दैन। प्रेसले राजनीति नगर्दै मुलुकको हित हुन्छ।

नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्दै पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको छानविन रोकिए त्यसका विरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिए।

उनले द्धन्द्धका कालमा भएका प्रतिसोध पूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिस बाहेक केही गर्न नसक्ने स्पष्ट पारे। उनले भने–आयोग गठन भए पनि यस्ता हत्या, बलात्कार, मानवअधिकार र गैरन्यायीक हत्याको कारवाही न्यायालले नै गर्ने हो। प्रधानमन्त्रीले आयोगको काम समेत नबुझि प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीको यस्तै ब्यवहारका कारण नेपालमा सक्रमणकालिन न्यायप्रणालीको अभाव भएको र जंगली शासन लाद्ने षडयन्त्रको अभाव भएको बुझेकैले बेलायतमा नेपाली सेनाका महासेनानी कुमार लामा सेना पक्राउ परेको दावी गर्दै गैरन्यायीक हत्यामा जुनसुकै पार्टी संलग्न भए पनि कारवाही हुनै पर्ने बताए।
उनले भने–प्रधानमन्त्रीले शान्ति प्रक्रिया विथोलिन्छ र अरु पार्टी पनि फस्छन भन्ने चेतावनी नदिए हुन्छ । गैरन्यायिक हत्यामा संलग्न भएको प्रमाणित भए कारवाही भोग्न हामि तयार छौ । तर अनुसन्धानमा अवरोध गर्ने यस्ता घट्नाले नेपालको साख गिरेको छ । प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष माफी माग्नु पर्छ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको भन्दै काग्रेस पत्रकार हत्या सहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिए । उनले भने–यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनु पर्छ।

प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थनै नबुझेको दावी गर्दै आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराए।

डरमुक्ति, भोक र गरिबीबाट मुक्ती, अभिब्यक्ति र धर्म मान्ने स्वतन्त्रतामाथि सम्झौता हुन नसक्ने भन्दै पानी नरोक भन्दा जिउँदै गाडेर मारेको घटनाको छानविन हुन नदिनु दुर्भाग्य पूर्ण भएको भनि टिप्पणी गरे।

अहिलेको प्रश्न सत्तामा रहने भन्दा पनि लोकतन्त्रको बाटोमा हिड्ने कि नहिडने भन्ने प्रश्न भएको भन्दै बालकृष्ण ढुङगेल जस्ता अपराधीलाई अघि पछि लगाएर हिड्ने प्रधानमन्त्रीबाट लोकतन्त्रको अपेक्षा गर्न नसक्ने स्पष्ट पारे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोर भिडन्तमा मरेको बाहेक सबै घटना द्धन्द्धसँग सँग सम्बन्धीत नभएको भन्दै पानी लिन गएको पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्धन्द्धको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा भएको बताए। उनले भने–निर्दोष पत्रकारलाई जिउँदै माने अनि द्धन्द्धको घटना भनेर हुन्छ । प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो?

उनले माओवादीले गरेको १० वर्षे यूद्ध जनयूद्ध नभई कथित उग्रबामपन्थी भडकाउमात्रै भएको भन्दै त्यस समयमा यूद्धमा बाहेक मारिएकाको निष्पक्ष छानविन गरेर कारवाही हुनु पर्ने जिकिर गरेर अपराधीलाई उन्मुक्ती दिएर माओवादीले कस्तो नयाँ नेपाल बनाउन खोजेको भनि प्रश्न गर्दै ७ वर्षसम्म सत्य निरुपण आयोग बन्न नदिएको माओवादीले नै भएको आरोप लगाए।

मुक्ती प्रधानजस्ता महान्यायाधिवक्ता नपाएकोले माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोग नबनाएको भन्दै अहिले आएर आफ्नो ईच्छा अनुकूलको विद्येयक बनाएर राष्ट्रपतिले जारी गरेनन् भनेर माओवादीले भ्रम बाँडेको दावी गरे। उनले भने–माओवादीको स्वार्थ अनुसारको विद्येयक पेश गर्ने अनि राष्ट्रपतिले अवरोध गरे भनेर नाटक गर्ने यस्तो चल्दैन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस