एचकेनेपाल डट कम संवाददाता-
बेलायत। नेपाली दुई साहित्यकारका दुई कृति बेलायतमा विमोचन भएको छ। नेपाली साहित्य विकास परिषद् यु.के.बाट प्रकाशित र परिषद्कै आयोजनामा सम्मन्न कार्यक्रममा कथाकार सुरेशजङ्ग शाहका पोइजनस गर्ल फ्रेण्ड र कवि घनबहादुर थापा मगरको देशको माटोमा मेरो फूल विमोचन भएको हो।
सम्बन्धका आधारहरू भत्केको देखाउने सुरेशजङ्ग शाहका कथामाथि समीक्षा गर्दै समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. राजेन्द्र सुवेदी र डा. तुलसी भट्टराईले समय र मानिसलाई विविध कोणबाट छुने अपार शक्ति भएका कथा नेपाली साहित्यमा आएको बताए। डा. देवी सुवेदीले कवि घनबहादुर थापाले समयको पीडालाई अभिव्यक्त गर्ने डायस्पोरा कविताले देशको माटोलाई सिञ्चित गरेको बताए।
कार्यक्रममा कथाकार शाह र कवि थापा मगरको कृति तथा व्यक्तिवमाथि गोपाल पराजुली, निमा वाङ्गेल लामा, हरिशरण लामिछाने, इन्दिरा प्रसाई, ऋद्धिरमण घिमिरे, प्रेम कैदी आदिले प्रकाश पारेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b