एचकेनेपाल डट कम संवाददाता-
साहित्यकार छक्कु उदासीले दिल शोभा श्रेष्ठले सञ्चालन गरेको ‘आमा घर’ लाई सहयोग गरेकी छन्।
वैदेशिक रोजगारीको शिलसिलामा जापानको टोकियोमा रहेकी छक्कुले आफ्नो पहिलो कृति लघु संग्रह ‘आँशु कुञ्ज’ किताब बिक्रीबाट संकलित ५० हजार रुपैयाँ ‘आमा घर’ लाई सहयोग गरेकी हुन्।
छक्कुले जापानबाट पठाएको उक्त रकम युएई मगर संघका अध्यक्ष नुनप्रसाद सोमैमगर, नेपाल मगर संघका उपाध्यक्ष श्याममाया पुनमगर र नेपाल मगर विद्यार्थी संघका अध्यक्ष रेणुका काउछामगरले काठमाडौंको सोल्टी मोडमा रहेको ‘आमा घर’ मा पुगेर हस्तान्तरण गरे।
साहित्यकार छक्कुले पठाएको रकम बुझ्दै ‘आमा घर’ संचालन गर्दै आएकी दिलशोभा श्रेष्ठले विदेशमै रहेर पनि अरुमार्फत सहयोग पठाएकोमा खुसी व्यक्त गरिन्। ‘सहयोग पठाउने बहिनी ९छक्कु उदासी० लाई मैले नदेखे पनि उहाँको सँधै प्रगतिहोस्’ दिलशोभाले भनिन् ‘आफू नआए पनि सहयोग गर्नु भएकोमा धन्यवाद दिन्छु।’
स्थानीय घर म्याग्दी भएकी साहित्यकार छक्कुले केही महिना अघि मात्रै पहिलो कृतिको रुपमा ’आँशु कुञ्ज’ किताब प्रकाशन गरेकी थिइन्। उनी लेख, कविता, कथा, लघुकथा जस्ता बिधामा कलम चलाउँछिन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b