एचकेनेपाल डट कम संवाददाता-
डोटी, २८ पौष। डोटी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। अछामको जयगढबाट टीकापुर तर्फ आउँदै गरेको ना ४ ख ३६०३ नम्वरको यात्रुवाहक बस शनिवार बिहान दुर्घटना भएको थियो। मृत्यु हुनेहरुमा ७ महिला २३ पुरुष १ बालक छन्।
दुर्घटनामा मृत्यु हुनेहरुमा अछाम देवीस्थान-६ का २८ वर्षीय कृष्णबहादुर खड्का, अछाम वैजनाथ-३ का पवन शाह र कैलाली धनगढी नगरपालिका-५ हसनपुरका गगन थापा छन्। त्यस्तै अछाम सिद्धेश्वरका टंक बुढा, कालागाउँ-९ अछामका बहादुर सोराडी, कञ्चनपुर दैजीकी २६ वर्षीय पशुपति ठगुल्ना, शिक्षक युनियन अछामकी उपाध्यक्ष पवना शाही, कञ्चनपुर दैजी-६ की कल्पना ठकुल्ला, अछाम सिद्धेश्वरका टंकबहादुर थापा, कैलाली भजनीकी उजली बुढा, कैलाली सुख्खड सवारीधनी उज्वल बुढा, अछाम सिद्धेश्वर-९ विमल बुढा, सडेपानी-३ बस चालक मख्खुराम चौधरी, दर्ना-९ का रूपबहादुर रावल, मंगलसेन-६ का चन्द्रदेव रेग्मी, दर्ना-५ का भरत ठकुल्ला, खड्कबहादुर ठकुल्ला, चक्र ठकुल्ला, दर्ना-५ कै देवनन्द्र खनाल, कमानसिंह ठगुल्ला, दर्ना-६ का रंगिलादेवी रावल, रमारोशन-९ शेरबहादुर साउद, बर्दादेवी-९ का २३ वषर्ीय देवसरा ठकुल्ला, २१ वर्षीया डम्बराकुमारी ठकुल्ला, टाढामाडौं-६ का कमलादेवी रावल (सोडारी), धनगढीका सहचालक गणेश चौधरी, मलाटीकोट-५ की रमिला शाह, कञ्चनपुर पुनर्वासका अहेव तुलाराम गिरी, धनपा-५ का नरभूपाल शाह, अछाम कालिका-२ का इन्द्र ढोली र अछाम बर्दादेवी-५ की रोशनी ठगुल्ना छन्।
दुर्घटनामा चालक मख्खुराम चौधरी र बस मालिक उज्वल बुढाको समेत मृत्यु भएको छ।
घाइते हुनेहरुमा अछाम कालिका ७ का २२ वर्षीय तपेन्द्र रावल, गाँजरा-२ की ४५ वर्षीया इश्वरा खड्का, दर्ना-५ की २५ वषर्ीय गुलावी रावल, तिमिल्सैन-६ बस्ने ३५ वर्षीय भेषराज तिमिल्सिना, दर्ना-९ की ४० वर्षीया पवित्रा बोहरा, टीकापुर नगरपालिका-१५ बस्ने ३३ वर्षीय जनक रेग्मी, हसुलिया-१ का २९ वर्षीय किशोर चौधरी, गडरिया-८ बस्ने १९ वर्षीय जयकुमार चौधरी र मंगलसेन-९ बस्ने २५ वर्षीय नृप बिष्ट रहेका छन्।
प्रहरीले सडकमा जमेको तुसारोका कारण बस चिप्लेर दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b