एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २६ पौष। राष्ट्रपति रामवरण यादवले तोकेको पटक पटकको समयसीमाभित्र सहमतीय सरकार गठन नभएपछि पुनः माघ १ सम्मको लागि समयसीमा थप गरेका छन्।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ १ अनुसार मंसिर ८ गते राजनीतिक सहमतिको आधारमा सरकार गठनका आह्वान गरे पनि दलहरु पटक पटक असफल हुदै आएका थिए। अन्तिम पटक तोकेको समयसीमा पनि सकेपछि राष्ट्रपति यादवले पुनः माघ १ गतेसम्म म्याद थप गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पुनः थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल माघ १ गते सोमबारका दिन सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b