अमेरिकामा दुई चेम्बरबीच एकीकरण
अमेरिका न्यूयोर्क, एउटै विचार उद्धेश्य बोकेर स्थापना भएका दुई नेपाली चेम्बरहरुबीच आपसी सहमतिमा एकीकरण भएको छ।

न्यूयोर्क वेस भएर नेपाली व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित मोहन ज्ञवाली अध्यक्ष रहेको (अमेरिका नेपाल व्यपसायी संघ) अमेरिका नेपाल चेम्वर अफ कमर्स र क्यालिफोर्निया राज्यमा गोकुल पौडेलको अध्यक्षतामा दर्ता भएको चेम्बर बीच भएको दुई पक्षिय सम्झौता अनुरुप उक्त चेम्बर मोहन ज्ञवाली अध्यक्ष रहेको चेम्बरमा एकिकरण भएको छ।

अमेरिकाको वाल्टिमोर ,पेन्सलभेनियाको लागि नियुक्त महावाणिज्यदूत एवं (अमेरिका नेपाल व्यपसायी संघ) अमेरिका नेपाल चेम्बर अफ कमर्सका संस्थापक प्रेमराजा महतको विशेष पहलमा दुई चेम्बर बिच एकीकरण भएको छ। जनवरी ७ र ८ मा न्यूयोर्कको रिजउडमा रहेको नेपलिज इन्डियन रेष्टुरेन्टमा दुई वटै संस्थाका प्रतिनीधिहरुबीच भएको वार्ताले उक्त सम्झौता गरेको हो।

वार्तामा छाता चेम्वरका अध्यक्ष मोहन ज्ञवालीको नेतृत्वमा सचिव प्रकाश थापा, केन्द्रिय सदस्य वेद प्रसाद खरेल, क्यालिफोर्नियामा दर्ता चेम्बरका तर्फबाट उक्त संस्थाका महासचिव एवं नव नियुक्त वाणिज्यदूत रिषी ढकाल, प्रेम प्रसाद गुरागाई सहभागी हुनुहुन्थ्यो भने वार्ताको मध्यस्थता महावाणिज्यदूत प्रेम राजा महतले गर्नुभएको थियो।

एउटै प्रकृतिको उद्धेश्य बोकेर स्थापित संस्थाहरुबीच एकता भएपछि अमेरिकामा रहेका नेपाली व्यवसायीहरुलाई अझ बढी सेवा र संगठित गर्न सकिने निक्यौल निकालेपछि दुई चेम्बरबीच सहमति गरि क्यालिफोर्नियामा दर्ता रहेको चेम्बरलाई छाता संगठन मर्ज गर्ने र आपसमा मिलेर नेपाली व्यापारीहरुको लागि वृहत्तर रुपमा संगठित भएर कामगर्ने निर्ण्य गरेको छ। दुई चेम्बरबिच सम्झौताले लगानी प्रवर्द्धन, प्रविधि विकासलगायतका विषयमा सहयोग पुग्ने विश्वास लिइएको छ।

दुबै तर्फका प्रतिनीधिहरुबीच भएको सम्झौता अनुसार जनवरी ८ का दिनदेखि क्यालिफोर्नियामा दर्ता रहेको चेम्बर मोहन ज्ञवालीको नेतृत्वको चेम्बरमा विलय भएको छ। उक्त चेम्बरका तर्फबाट गोकुल पौडेल, अनिल पाण्डे, राम लामा र भिम ढकाललाई छाता संगठनको केन्द्रिय समितीमा केन्द्रिय सदस्यको रुपमा मनोनयन गरिएको छ। र संस्थाको आगामी वैठकले उहाँहरुलाई संस्थाको कार्यकरिणी (उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा) मनोनयन गर्न सहमति समेत भएको छ।

प्रकाश थापा
सचिव
(अमेरिका नेपाल व्यपसायी संघ)
अमेरिका नेपाल चेम्वर अफ कमर्स

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस