तिलविक्रम थेवे /एचकेनेपाल डट कम –
दोहा कतार, “क्रान्तिकारी कार्यदिशाको निर्माणमा हाम्रो प्रतिवद्धता, ठग दलालको विरोध र मजदुरहरुको पक्षमा ऐक्यवद्धता” भन्ने नाराका साथ नेपाली जनप्रगतिशील मञ्चको प्रथम राष्ट्रियभेला गत जनवरी ०४, २०१३ मा सानदार रुपमा दोहा कतारमा सम्पन्न भएको छ।
नेकपा माओवादीका पार्टी संगठन विभाग प्रमुख, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा प्रमुखअतिथीको रुपमा तथा पार्टीका केन्द्रिय सल्लाहकार, अन्तराष्ट्रिय व्यूरो सदस्य एवं ऐक्यवद्धता मञ्चका (भारत वाहेक अन्य सबै मुलुकका लागि) इन्चार्ज नरेन्द्रजङ्ग पिटर विशेष अतिथीको रुपमा यस भेलाको लागि नेपालबाट आएका नेताद्धयले भेलालाई विशेष सम्बोधन गरेका थिए।
भेलालाई सम्बोधन गर्दै नेता महराले पार्टीले राष्ट्रिय सहमतीका लागि हदैसम्म लचकता अपनाउदा अपनाउदै पनि नेकपा एमाले र नेपाली कांग्रेसको असहयोग र असमजदारीताको कारणले मुलुक अन्यौलमा रहेको बताउदै एनेकपा माओवादीलाई ढुंग्रोमा हालेर उनीहरु जस्तै बनाउन खोजेको बताउदै एनेकपा माओवादी राष्ट्रिय सवालका विषयमा सबै पार्टीसंग सहमति गर्न तयार रहेको बताए। “यदी एनेकपा माओवादीले सहमतिका लागि अपनाएको हदैसम्मको लचकतालाई कमजोरी भएको भनेर फाइदा लिन खोजिन्छ भने र जनतालाई गुमराहमा राख्न खोजिन्छ भने एकिकृत माओवादी रमिता हेरेर बस्दैन यसका लागि कडा कदम चाल्न वाध्य हुनेछ, प्रवासमा रहेका नेपाली श्रमिकहरु पनि यसका लागि तयार रहनुहोस्” महराको कथन थियो। हामीले अहिलेको परिस्थितिमा र जनचाहना मुताविक नै शान्तिको बाटोबाट एउटा नौलो र सफल जनक्रान्तिको दिशामा अघि बढीरहेका छौं। देशलाई पुन ०४६ सालको अवस्थामा फर्काएर जनतामाथि खेलवाड गर्न सुरिएका नेकपा एमाले ,नेपाली कांग्रेस लगायतका राजनितिक दलहरुले मुलुकमा आमूलपरिवर्तन चाहेका छैनन्, राष्ट्रियताको संरक्षण, सिमा अतिक्रमण रोक्ने, जनताको स्वाधिनता, स्वतन्त्रता चाहेका छैनन् उनीहरुले आफ्नो मात्र स्वतन्त्रतामा जनतालाई पिजडाको सुगा बनाएर राख्न तम्सिएका छन् यस्ता प्रवृतिबाट सतर्क रहनु पर्ने जरुरी रहेको भन्दै एमाओवादी जनताको अधिकार र आमुल परिवर्तनका लागि कोही कसैसंग संम्झौता नगर्ने बताए।
संविधानसभाबाट लेखि सकिएका संविधानका अंशहरुलाई आंशिकरुपमा जारी गरेर जनताको विश्वास जित्न सकिने र सहमति हुन वाकी संविधानका लागि छलफल गरेर पूर्ण संविधान बनाउन सकिनेतर्फ संकेत गर्दै यदी निर्वाचन सम्पन्न गर्ने ग्यारेन्टी, राष्ट्रिय सवालका मुल एजेन्डाहरुको सम्बोधन र निक्र्यौल गर्ने ग्यारेन्टी, राष्ट्रिय सरकार इत्यादीको ग्यारेन्टी देश र जनतालाई दिन सकेमा कांग्रेसको नेतृत्वमा सरकार बन्नको लागि एनेकपा माओवादी बाधक नवनेको तर यी सबैको ग्यारेन्टी नभए मुलुक अनिर्णयको बन्दीमा फस्न नदिन एनेकपा माओवादी सतर्क र गम्भिर रहेको बताए।
वैदेशिक रोजगारीको यो लामो र अन्तहिन श्रृंखलाको सेरोफेरोभित्र व्यापक मिलेमतो, ठगी दलाली, लैङ्गिक विभेदता, महिला कामदारहरु माथि अनेक किसिमका शोषण आदि वारे आफूलाई राम्रो जानकारी भएको र खाडीमुलुकमा न्यूनतलव सुविधामा काम गरिरहेका नेपाली कामदारहरुको अवस्था नसुध्रिएकोले यसका लागि एनेकपा माओवादीले गम्भिररुपमा लिने र आवश्यकता अनुसार कार्यनिती समेत बनाउने बताउदै सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगले नेपाली कामदारहरुको सुरक्षित आप्रवासन तथा व्यवस्थित रोजीरोटीको लागि उच्च प्राथमिकतामा काम गर्नुपर्ने बताए।
विशेष अतिथि पार्टीका केन्द्रिय सल्लाहकार, अन्तराष्ट्रिय व्यूरो सदस्य एवं ऐक्यवद्धता मञ्चका (भारत वाहेक अन्य सबै मुलुकका लागि) इन्चार्ज नरेन्द्रजङ्ग पिटरले सबै नेपालीहरु नागरिक राजदुत भएको र नेपालीहरु पनि आफनो मुलुकको लागि चिन्तित रहेका बताउदै श्रमिकहरुको सुरक्षित आप्रवासनको वारेमा ओजपुर्ण भनाईहरु राखेका थिए।
महामहिम राजदूत डा. माया कुमारी शर्माले विशेष अतिथीको तर्फबाट आफुले सक्दो नेपाली श्रमिकहरुको हितका लागि काम गरिरहेको बताउदै ठगदलालको पहिचान पाए दुतावास सम्बन्धित निकायमा कारवाही गर्न गराउन पछि नपर्ने बताउदै आफुले नेपाली समुदायको सल्लाह र सुझावलाई सम्मान गर्दै अविभावकत्वको भुमिकालाई प्राथमिकताका साथ निर्वाह गर्ने वताए।
मञ्चका अध्यक्ष कार्यक्रम सभापति रमेश भट्टको सभापतित्वमा सम्पन्न भएको सो भेलालाई शुभकामना मन्तव्य दिने अन्य व्यक्तिहरुमा विशेष अतिथी एनेकपा माओवादीका राज्य समिति सचिवालय सदस्य, मञ्चका संरक्षक शनिकुमार ओली, मञ्चका सल्लाहकार संयोजक होमनाथ शर्मा लगायत रहेका थिए । आमन्त्रित अतिथीहरु संघसस्थाको तर्फबाट पाल्पा सेवा समाजका अध्यक्ष भुपराज दुवाडी, युवा व्यवसायी तथा समाज सेवी ई. कोमल बहादुर सिंह, नेपाल पत्रकार महासंघ शाखाका उपसभापति गणेश प्रसाद बन्जाडे, प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, नेपाली जनसम्पर्क समिति कतारका सभापति विमल सुवेदी, लोकतान्त्रिक मञ्च कतारमा छविलाल विक, नेपाली एकता समाजका महासचिव हेमन्त वाइवा, एनआरएनए आइसीसी सचिव टिवी काकी, एनआरएनए आइसीसी गल्फ संयोजक नरेन्द्र भाट, एनआरएनए आइसीसी पुर्वउपाध्यक्ष सागर नेपाल लगायतले विविध विषयहरुमा प्रकाश पार्दै शुभकामना मन्तव्य दिएका थिए।
विभिन्न संघसस्थाका आमन्त्रित अतिथीहरु निमलाल कुमा–,सल्लाहकार नेपाली जनप्रगतिशील मञ्च, विनोद भट्टराई–एनआरएनए सचिव, रमेश आले मगर–सहकोषाध्यक्ष नेपाल प्रवासी मगर संघ, कैलास घर्तिमगर–अध्यक्ष रोल्पा जलजला सेवा समाज, मदन श्रीस अध्यक्ष बागलुङ्ग सेवा समाज, रामु बस्याल–बरिष्ठ उपाध्यक्ष स्याङ्गजा सेवा समाज, गंगा आङ्गवो लिम्बु–सचिव कियाचु समाज, किरण लिङ्गदेन–उपाध्यक्ष किरात प्रवासी राष्ट्रिय मञ्च, विष्णु भुषाल–सचिव अर्घाखाँची सेवा समाज, हुसैन खाँन– सल्लाहकार सर्लाही प्रवासी सेवा समाज, मनिराज थापा– उपाध्यक्ष तनहु सेवा समाज, अर्जुन खड्का–प्रमुख सल्लाहकार दाङ्ग देउखुरी सेवा समाज, लाल भट्ट–उपाध्यक्ष चितवन युवा समुह, छविरमण कटुवाल–प्रमुख सल्लाहकार पाचथर सेवा समाज रहेक थिए।
आदिवासी प्रवासी जनजाति महासंघका तर्फबाट शुभकामना मन्तव्य दिदैं संघका अध्यक्ष विनेश तामाङ्गले एनेकपा माओवादीको जनजाती दलित,उत्पिडीत मधेस मुस्लिम महिलाहरको हक अधिकारको सवालमा लिएको कार्यनिती र जनजात िमहासंघको कार्यनितीमा वर्तमान परिस्थितिमा मिल्न गएकोले माओवादीले जनजातीहरुको सवालमा लिएको राजनितिक अडानलाई अझ सुटृड बनाउन आग्रह गर्दै पार्टी अध्यक्षलाई प्रमुख अतिथी मार्फत ज्ञापनपत्र बुझाएका थिए।
यसअघि प्रमुख अतिथी नेता महराले व्यानर अनावरण तथा द्धिपपज्वलन गरि भेलाको उद्घाटन गरेका थिए । मञ्चका महासचिव एवं पत्रकार तिलविक्रम थेवेले संचालन गरेको सो भेलामा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा मौन धारण पश्चात् मञ्चका उपाध्यक्ष बुद्धिराज परियारले भेलामा आफ्नो स्वागत मन्तव्य राखेका थिए भने स्वागत गित तथा कार्यक्रमको विचविचमा जनताका गीतहरु सांस्कृतिक विभागका संयोजक राजेन्द्र महराको कलाकार टिमले प्रस्तुत गरेका थियो । रोल्पा जलजला सेवा समाजका सांगितिक समुहले जनताका गीतहरु पस्केको थियो । मञ्चका सल्लाहकार गणेश बानियाले भेलाको वारेमा संक्षित जानकारी गराएका थिए।
सोही भेलामा कतारमा अत्यन्त सफल र इमान्दार युवा व्यवसायी तथा समाजका सहयोगीहरु भनेर चिरपरिचित युवा व्यवसायी ईन्जिनियर कोमल बहादुर सिंह र राज रेग्मीलाई मञ्चका तर्फबाट सम्मान गरिएको थियो। प्रमुख अतिथि महराले दोसल्ला र सम्मानपत्र दुवै व्यवसायीहरुलाई प्रदान गरेका थिए राष्ट्रियभेलाले रिक्त पदहरुमा पदपुर्ति तथा जिम्मेवारी हेरफेर गरी रमेश भट्टको अध्यक्षतामा ५१ सदस्यिय केन्द्रिय कार्य समिति पुन गठन गरेको छ, केन्द्रिय कार्य समितिमा प्रथम उपाध्यक्ष–रकमध्वोज राई, द्धितीय उपाध्यक्ष–बुद्धिराज परियार, तृतीय उपाध्यक्ष–जिवछ महत्तो, महासचिव–पत्रकार तिलविक्रम थेवे, प्रथम सचिव– लिला लावती, द्धितीय सचिव–टिकाराम भण्डारी, कोषाध्यक्ष दुर्गा प्याकुरेल र सहकोषाध्यक्ष–रोजिना बास्तोला रहेकाछन् भने केन्द्रिय सदस्यहरुमा हरी मगर, लाल भट्ट, राजेश परियार, विजय सुन्दास, राजेन्द्र महरा, अशोक विक, सोम बहादुर परियार, चित्र बहादुर परियार, दिल भट्टराई ,दिलिप मैनाली , कविराज सुवेदी, प्रेम परियार, कर्ण लिम्बु, श्याम परियार, राम बहादुर केसी, नरेन्द्र पुन, राज ढकाल, राजेन्द्र बजगाई, बाबुराम खतिवडा, जीवन बस्नेत, सुरेन्द्र कार्की, शत्रुधन पासवान, रविकिरण अधिकारी, रामरतन कुश्वाह, तुल्सी सिवा, मोहमद हुसैन, धनबहादुर परियार, दिपक परयार, विकास शाही , प्रेम बर्देवा, रोशन परियार , ज्ञानेन्द्र केसी, मान बहादुर देवकोटा, गोविन्द विक, ओम् लुङ्गगेली, गोपाल लजर, राजेन्द्र देवकोटा, सुनविर गाहा मगर, भरत दर्नाल, धन बहादुर रुचाल, मोहन गुरुङ्ग, दिपकुमार नेपाली रहेकाछन् । वैकल्पिक सदस्यहरु अमृता ढुंगाना, विष्णु कडेल र सरस्वती भट्टराई चयन भएकाछन् ।
सल्लाहकार समितिका संयोजक–होमनाथ शर्मा, सल्लाहकारहरु गणेश बानिया, निमलाल कुमाल, बाबुराम गैरे, राजु डुम्रे, नवराज सिम्खडा, दिपेन्द्र ढकाल, विष्णु देवकोटा र धुते बुढा रहेकाछन् । शनिकुमार ओली ससम्मान मञ्चको संरक्षक रहेकाछन्।
राष्ट्रियभेलाले ७ बुदे घोषणापत्र–२०१३ जारी गर्दै, २०६८ को शंसोधित विधानका केही धारा र दफाहरु भेलाको सर्वसम्मतिद्धारा शंसोधन तथा थप गरेको मञ्चका अध्यक्ष रमेश भट्टले मञ्ले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
विधानमा प्रथम, द्धितीय र तृतिय उपाध्यक्ष र प्रथम, द्धितीय सचिव किटान गरिएको छ भने एकजना संरक्षकको व्यवस्था गरिएको छ। मञ्च नेपाली मजदुरहरुकै पक्षमा स्पष्ट उभिने र एनआरएनए एनसीसीका गतिविधीहरु स्पष्ट नभएकोले सप्ष्ट हुनुपर्ने कुरामा पनि जोड दिएको छ । नेपालको विविध क्षेत्रमा प्रवासबाट गरिने हरेक लगानीमा मञ्चको पनि समर्थन र सहकार्य हुनसक्नेस्पष्ट पार्दै तर एनआरएनएको कार्यक्रम ढुलमुले देखिएकोले स्पष्ट पहिचान के हो भन्ने कुरामा भ्रमित तुल्याएको अध्यक्ष भट्टले पत्रकारहरुलाई बताए।
नेपाली जनप्रगतिशील मञ्च कतारको राष्ट्रियभेलाद्धारा जारी गरिएको सातवुदे घोषणापत्र–२०१३
१. नेपाली जनप्रगतिशिल मञ्च कता रको प्रथम राष्ट्रियभेला सफलतापुर्वक सम्पन्न गर्नको लागी सहयोग गर्ने सम्पुर्ण मजदुर, पेशाकर्मी, व्यवसायी, संघसंस्थाहरु प्रति मञ्च हार्दिक आभार प्रकट गर्दछ।
२. नेपाली श्रमिकहरुको सुरक्षित तथा व्यवस्थित आप्रावासनको पक्षमा मञ्चले बिगतदेखि उठाउदै आएको विषयलाई निरन्तरता दिदै समस्याको न्यनिकरण मात्र होइन सकेसम्म निकाकरण नै हुनु पर्ने ठहर गरेका छ।
३. कतारमा घरेलु कामदारको रुपमा र वाहिर कम्पनीमा वैदेशिक रोजगारको लागि आएका महिला कामदारहरुको संख्या विगतमा भन्दा बढ्दै गएकोले उनीहरुका सुरक्षित तथा व्यवस्थित आप्रावासन र रोजीरोटीको लागि मञ्चले निरन्तर कामगर्ने तथा महिलाहरुमाथि हुने भेदभाव, दुराचार र अत्याचार लगायत लैङ्गिक भेदभावको घोर विरोध गर्दै विशेष गरेर घरेलु महिला कामदारहरुको हकहित र सुरक्षाको लागि नेपाल सरकार गम्भिर हुनुपर्ने र अझैपनि अवैधानिक तरिकाले भारतको बाटोबाट आउने क्रम नरोकिएको हँदा यसलाई तुरुन्त रोक्न सरकारले कडाकदम उठाउनको नेपाल सरकारसंग मञ्च जोडदार माग गर्दछ।
४. बैदेशिक रोजगारको क्षेत्रमा देखिएको ठगि, अन्यायमा मञ्चको पहलले गर्दा केही कमी आएको देखिएता पनि, ठगी र दलाली प्रबृतीको उन्मुलन गर्न कतारमा रहेका बिभिन्न पक्षहरु संग सहकार्य गरी सयुक्त रुपमा अघि बढने प्रतिबद्दता जनाउदछ।
५. कतार लगायत खाडि मुलुकहरुमा नेपालीहरु अझै पनि न्युन ज्यालादरमा काम गर्न बाध्य रहेको अवश्थामा खाडिमा कामगर्ने कामदारहरुको न्युनतम ज्यालादर तीन सय डलर तोक्नको लागी नेपाल सरकार संग जोडदार माग गर्दछ।
६. हालै सरकारले लागु गरेको ब्यक्गित श्रम स्विकृतीको कडाईको कारणले नेपाली श्रमिकहरु ठुलो रकम सेटिगंको लागी खर्च गरेर आउनु पर्ने बाध्यता भएकोले सरकारको यो नियम अव्यवहारीक भएको ठहर गर्दै तत्काल यस प्रावधानलाई खारेज गर्न नेपाल सरकारसंग माग गर्दछ।
७. नेपाली जनप्रगतिशिल मञ्चको पहलकदमीमा जारी भएको पन्ध्रबुदे घोषणा बमोजीम गैह आवासिय नेपाली संघ कतारले ठोस र उपलब्धीमुलक कार्य गर्न नसकेको, संघको बिधान र आचारसंहिता बिपरीत संघका पदाधिकारीहरु वैचारिक संगठनमा क्रियाशिलरुपमा आवद्ध भएका भन्ने गुनासो र प्रतिक्रियाहरु वाहिर आइरहेको हुनाले र वर्तमान अवस्थामा एनआरएनए सामाजिक क्रियाकलाप भन्दा पनि लघु तथा दिर्घकालिन नाफामुलक कार्ययोजना तर्फ लगानी गर्न अभिप्ररित गर्दै गएकोले संस्था कतै नाफामुलक लगानी गर्ने कम्पनीको रुपमा उन्मुख र झुकाव हुदै गएको होकी भन्ने भ्रम उत्पन्न भई एनआरएनए सबै प्रवासी, गैरआवासिय नेपालीहरुको साझासंस्था हो भन्ने धारणामा अलमल र भ्रम सृजना हुन गएकोले यस संस्थाले विशेष गरी खाडी मुलुकको नेपाली कामदारहरु, उनीहरुका सुरक्षित आप्रवास र व्यवस्थित रोजीरोटीको सन्दर्भ र सवालमा आगामी दिनमा कुनै ठोस काम गर्न नसक्ने संभावना बढी भएको हुनाले यस्तो परिस्थितिमा मञ्च गैह्र आवासिय नेपाली संघसंग कसरी सहकार्य गरेर जाने हो त ? भन्ने विषयमा पुनः गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता मञ्चले महसुस गरेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b