गेसो, महिला समितिको प्रेस विज्ञप्ति
जरायोटार–५, भोजपुर निवासी सीता राई (परिवर्तित नाम) यही ३ मंसिर २०६९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरू नायवसुब्बा सोमनाथ खनाल तथा अधिकृतहरू टीका पोखरेल र रामप्रसाद कोइरालाबाट रकम लुटिएपछि प्रहरी हवल्दार पर्शुराम बस्नेतबाट बलात्कृत भएको घटनाका साथै देशभरी भएको बलात्कार र हिंसाको घटनाप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ।

विदेशमा काम गरेर फर्किएकी एउटी चेलीमाथिको यस्तो चरम अमानवीयताको हामी घोर भत्र्सना गर्दछौ । सरकारको जिम्मेवार कर्मचारी र राष्ट्रसेवकले नै एउटी चेली माथि लूटपाट मच्चाउँनु र बलत्कार गर्नु जङ्गली बर्बरताको पराकाष्ठा हो । यो घटनाले एउटी चेलीमाथि चरम अन्याय त भएकै छ, देशको प्रतिष्ठामाथि पनि आघात पुगेको छ । यस्तो जङ्गली र सभ्यता विरोधी कुकर्मले हाम्रो समाजलाई गिज्जाएको छ भन्ने हाम्रो निष्कर्ष हो । सरकारका जिम्मेवार कर्मचारी र राष्ट्रसेवक नामका लुटेरा र बलात्कारीजस्ता अपराधीहरूलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गेसो महिला समिति जोडदार माग गर्दछ।

यसैगरी पछिल्लो समयमा देशका विभिन्न जिल्लामा भएका महिला हिंसा र बलात्कारको घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । सभ्य युगमा समेत हरेक दिनजसो महिलामाथि बलात्कार र हिंसा भएको समाचार आइरहनु विडम्बना पनि हो । यस्तो घटनाहरुले सरकारका शान्ति सुरक्षाप्रति प्रश्न चिन्ह त खडा भएकै छ, सभ्य समाज र राष्ट्रका लागि लज्जाको बिषय पनि हो । तर, हरेक दिनजसो यस्ता घटना भईरहँदा सरकारले दोषीलाई कारबाहीका लागि ठोस कदम नचाल्नु सरकारको लाचारीपना हो । सरकारको यस्तो गैरजिम्मेवारी र लाचारी प्रवृत्तिको भत्र्सना गदै सबै दोषीहरुलाई हदैसम्मको कारबाही गर्न हामी जोडदार माग गर्दछौं । साथै हामी महिला अधिकारको पक्षमा भएका सबै खालका न्यायपूर्ण आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दै यस्ता आन्दोलनहरुमा हाम्रो पनि प्रत्यक्ष संलग्नता रहने प्रतिवद्धता व्यक्त गर्दछौं । यदि दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सम्बन्धित पक्षलाई दिन चहान्छौं।

सुनिता गुरुङ
(अध्यक्ष)
गेसो, महिला समिति काठमाडौं ।

ईन्द्रकुमारी राई
(अध्यक्ष)
गेसो, महिला समिति, ललितपुर ।
२५ पौष २०६९ ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस