पुस २५, २०६९
प्रेस विज्ञप्ति
प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिप्रति घोर आपत्ति
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भई अनुसन्धानको प्रक्रियामा रहेको अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मंगलवार एक सार्वजानिक कार्र्यक्रम मार्फत दिएको अभिव्यक्तिप्रति मानव अधिकार समुदायको गम्भिर ध्यानाकर्षण भएको छ। पत्रकार थापाको हत्याका आरोपीहरुले हत्या अभियोग स्वीकार गरेको अवस्थामा फौजदारी न्यायिक प्रक्रियालाई नै अवरोध पुर्याउने गरी दिएको अभिव्यक्ति र हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा नै अवरोध पुर्याउने गरी दिइएको ठाडो निर्देशनको हामी घोर निन्दा र भत्र्सना गर्दछौ । न्याय सम्पादनमा अवरोध सिर्जना गर्नु र अभियुक्तलाई संरक्षण गर्नु पनि अपराध हो भन्ने कुरा न्यायिक सिद्धान्तकोे स्थापित मान्यता हो।

निर्दोष एवं निहत्था मानिसहरुको हत्यामा संलग्न व्यक्तिहरुलाई पदीय मर्यादा विपरीत मुलुकको कार्यकारी प्रमुखवाटै संरक्षण गर्नु लोकतन्त्र, मानव अधिकारको मूल्य र मान्यता एवं विधीको शासन विपरीतको कार्य हो भन्नेमा दुइमत छैन।

प्रधानमन्त्री कै कारण मुलुक निरन्तर अनिर्णयको बन्दी बनेकोस नेपाली सेनाका अधिकारी मानवता विरुद्धको अपराधमा संलग्न आरोपमा विदेशमा पक्राउ परेकोस बलात्कार, अपहरण, जवर्जस्ती चन्दा असुली र भ्रष्टाचार मौलाएको बर्तमान संक्रमणकालीन अवस्थामा प्रधानमन्त्रीको उल्लेखित अभिव्यक्ति र उनको स्वेच्छाचारी क्रियाकलापवाट मुलुकमा दण्डहिनता संस्थागत हुन पुगीे लोकतन्त्र र मानवअधिकारको ठाडो उपहास भएकोमा हाम्रो गम्भीर सरोकार र आपत्ति छ।

अतः लोकतन्त्र, विधीको शासन, मानव अधिकारको अन्र्तराष्ट्रिय मूल्य मान्यता समेतको निष्ठापूर्वक पालना गर्न र आफ्ना गैरजिम्मेवार अभिव्यक्ति र निर्देशनलाई तत्काल फिर्ता लिई राष्ट्रसमक्ष माफी माग्न तथा दैलेख लगायत मुलुकभरका संचारकर्मी र मानवअधिकारकर्मीहरुको सुरक्षा सुनिश्चित गर्न हामी प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौ।

धन्यवाद ।

हस्ताक्षरकर्ता अधिकारकर्मीहरु
१. सुशील प्याकुरेल
२. चरण प्रसाई
३. दिनेश त्रिपाठी
४. डा.केदारनरसिंह के.सी.
५. प्रा.कपिल श्रेष्ठ
६. डा.गोपाल कृष्ण सिवाकोटी
७. सुवोधराज प्याकुरेल
८. गणेश वि.क
९. भवानीप्रसाद खरेल
१०. बीरेन्द्र थपलिया
११. चन्द्र अधिकारी
१२. गणेश घिमिरे
१३. तुलसी थापा
१४. फणिन्द्र लुइटेल
१५. विनय कट्टेल
१६. शशी कुमार उपाध्याय
१७. किशोर कुमार पौडेल
१८. रामकुमार भण्डारी
१९. सुमन अधिकारी
२०. सतिशराज मैनाली
२१. गणेश कुमार मण्डल
२२. कमला राई
२३. मन्दिरा शर्मा
सबैको तर्फबाट

डा. गोपालकृष्ण सिवकोटी अधिवक्ता दिनेश त्रिपाठी
फोनं.९८५१०३५८७६ फोनं ९८५१०३६३०७÷९८०१०३६३०७

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस