एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ पुस । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले माग पुरा गर्ने लिखित सहमति गरेको २० दिन नाघिसक्दा पनि कार्यान्यवन नगरेको भन्दै चलचित्रकर्मीहरुले फेरि आन्दोलनको घोषणा गरेका छन्।
राष्ट्रिय चलचित्र संरक्षण मञ्च, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपालल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ, नेपाल महिला चलचित्रकर्मी संघ र नेपाल चलचित्र नृत्यकार संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणा गरेका हुन्।
घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत बुधवार विहान १० बजेपछि पहिलो चरणमा चलचित्र विकास बोर्डमा अनिश्चितकालको लागि तालाबन्दी गर्ने रहेको छ।
पत्रकार सम्मेलनमा आन्दोलनको नेतृत्व गरिरहेको मञ्चका अध्यक्ष नीर शाहले अत्यन्त पिडादायी अवस्थाको बाबजुत यो कदम चाल्न बाध्य रहेको बताए। उनले मन्त्रीले गरेको लिखित प्रतिबद्धतालाई हेलचेक्राईको संज्ञा दिदै उनको आश्वासनप्रति घोर भत्र्सना पनि गरे । फिल्मकर्मी प्रति सरकारले देखाएको वेवास्ता प्रति ब्यग्य प्रहार गर्दै उनले मृत प्राय भईसकेको चलचित्र क्षेत्रलाई जिउदै गाड्ने प्रयास भए कंकाल पनि निस्किएर आन्दोलनको उद्देश्य हासिल गरि छाड्ने चेतावनी दिए।
इतिहासमा नेपाली चलचित्र क्षेत्र अहिले जस्तो कहिल्यै अपमानित हुनु नपरेको उल्लेख गर्दै प्रधानमन्त्री र सञ्चारमन्त्रीले कुन हदको राजनीतिक उपलब्धि हासि गरे भन्ने कुरा ईतिहासले देखाए पनि नेपाली चलचित्र उनीहरु भन्दा उत्कृष्टता हासिल गरेको दावी गरे । आमसञ्चाल नचिनेको मान्छेलाई सञ्चारमन्त्री बनाउने भए चलचित्र क्षेत्रलाई अन्यै मन्त्रालयको मातहतमा राख्न आग्रह समेत गरे।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई , निर्देशक समाजका विमल पौडेल, चलचित्र संघका राजकुमार पोख्रेल, कलाकारसंघका नवल खड्का, प्राविधिक संघका मनोज केसी, द्धन्द कलाकारसंघका योगेन्द्र श्रेष्ठ, नृत्यकार संघका दिनेश पाख्रिन र महिला चलचित्र कर्मी मञ्चकी मौसमी मल्लले चलचित्र विकास बोर्डमा चलचित्र क्षेत्रलाई जानेको ब्यक्तीलाई नै ल्याउनु पर्ने भन्दै सरकारले ४ बुँदे सहमति गरेर अहिले कार्यान्वयन नगरी धोका दिएको आरोप लगाए । उनले पहिलो चरणमा तालाबन्दी मात्रै गरे पनि माग पुरा नभए दोस्रो चरणमा अझै कडा संघर्षका कार्यक्रम ल्याउने चेतावनी पनि दिएका थिए।
नौ बुँदे माग राख्दै विमल पौडेल, मौसमी मल्ल र एमएस अग्रज आमरण अनसनमा बसेपछि सञ्चारमन्त्रालय र राष्ट्रिय चलचित्र संरक्षण मन्चका वीच चार बुँदे सहमति भएको थियो । तर सम्झौता भएको वीस दिन वित्दा समेत सहमति कार्यान्वयन नभए पनि चलचित्र कर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b