कल्पना तुम्रोक र आम्भु जेठा / एचकेनेपाल डट कम
हङकङ, ८ जनवरी। मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन “मिराक” ले संसार भरिनै सहअस्तित्वको लडाइ भइरहेकोले लिम्बुवानमा पनि एेतिहासिकताको आधारमा सहअस्तित्वको लडाइ लडिरहेको बताएका छन्।
ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण सप्तकोसी पूर्व नौ–जिल्ला लिम्बुवान सम्बन्धि हङकङमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा बोल्दै लिम्बुवानको सुन्दरताको वारेमा कसैलाई नहियाउने, कसैलाई नदुखाउने र कसैले त्यसो गरेमा नसहने नै लिम्बुवानको सहअस्तित्व र सुन्दरता रहने बताए। संसार भरिनै सहअस्तित्वको लडाइ भइरहेकोले लिम्बुवानमा पनि एेतिहासिकताको आधारमा सहअस्तित्वको लडाइ भइरहेको लिङदेनले वताए।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुमार लिङदेन। तस्विरः आम्भु जेठा / एचकेनेपाल डट कम
याउ मा तेइस्थित नेपाली चर्चको सभा हलमा आइतवार सम्पन्न अन्तर्क्रियामा बोल्दै लिङदेनले संघीयवादी आन्दोलन, लिम्बुवानको आन्दोलन जटिल मोडबाट अघि वढेको बताउदै अरु खम्वुवान, तमुवान, तामाङसालिङ, थारुहट, मगरात आन्दोलनलाई वलियो बनाउदै लाने लिङदेनले बताए। उनले भइरहेको लिम्बुवान आन्दोलनलाई सवै संघीयवादी प्रवासी साथीहरुलाई हात मिसाउन, सहयोग गर्न आग्रह गर्दै लिम्बुवान आन्दोलन वलियो भएमा अरु संघीय आन्दोलनहरु बलियो हुने उनको भनाई थियो।
जटिल मोडबाट अघि वढेको लिम्बुवानको आन्दोलनले देश टुक्र्याउने नभएर नेपाल देशलाई अझ बलियो बनाउने बताए। प्रतिक्रियावादीहरुले लिम्बुवानको सहअस्तित्ववाद सहितको संघीयतावादी लिम्बुवान आन्दोलनलाई यस्ता आरोपहरु लाग्ने गरेको अध्यक्ष लिङदेनको भनाइ थियो। लिम्बुवानी आन्दोलनलाई समाप्त पार्ने, रअको प्रतिनिध लिम्बुनै भएको, संघियता विरोधीको भोटबाट लिम्बु नै चुनाव जित्ने दाउमा रहेको, सत्ताईस जिल्ला सहितको ग्रेटर लिम्बुवानको खेलमा लिम्बुवानलाई फसाउने दाउमा लिम्बुहरुनै लागिपरेको बताउदै त्यस्ता खाले प्रतिक्रियावादीहरुलाई लिम्बुवानी आन्दोलनले समाप्त पार्दै लाने लिङदेनले चेतावनी दिए।
अन्तरक्रियामा बोल्दै ठूला राजनीति दलहरुले अब हुने चुनावको लागि समानुपातिक प्रतिनिधि घटाउने खेल खेल्दै जनजातिहरुमाथि ठूलो षड्यन्त्र गरिरहेको लिङदेनले बताए। ठूला राजनीति दलहरुले जनजातिहरुलाई प्रत्यक्ष टिकट सिस्टममै षड्यन्त्र गर्ने भएकोले ६०१ सभासद घटाउन नहुने, त्यसो भएमा मात्र नेपालको आदिवासीहरु समेटिने अध्यक्ष मिराकले औंल्याए।
सभासदहरुले ९८ प्रतिशत सम्बिधान बनाइसकेको तर राज्यपुनरर्संचनाको विषय र संघीयताको विषयले संविधान सभा केही व्यक्तिहरुको हातबाट भंग भएको बताउदै संविधानसभाबाट संघीयतासहितको लिम्बु्वान सुनिश्चित नभइन्जेलसम्म लिम्बुवान आन्दोलन जारी रहने भनार्इ राख्दै दुइ वर्ष अगाडि आफूले वाचा गरेको कुरामा एकरति पछि नहटेको लिङदेनले बताए।
राजनीतिक भ्रमणमा कोरियाबाट हङकङ आइपुगेका लिङदेन यहाँको जनवरी ६, ८ र ९ तारिखको कार्यक्रम सकेर १० तारिख नेपाल फर्कने कार्यक्रम रहेको मंञ्चका सचिव झरमान लिङदेनले जनाएका छन्।
मञ्च सम्बन्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्यसमतिका अध्यक्ष विष्णु इङनामको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम सचिव झरमान लिङदेनले संचालन गरेका थिए। केन्द्रिय अध्यक्ष लिङदेनको प्रमुख अतिथि र किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुवन लुङफङवाको विशेष अतिथि रहेको कार्यक्रममा समितिका उपाध्यक्ष हरिष लावतीले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रमको सुरुवात लिम्बुवान आन्दोलनको क्रममा शहीद भएका राजकुमार आङदेम्बे माङतोक र मनिल तामाङको तस्विरमा माल्यार्पण र दिप प्रज्वलन गरेर भएको थियो।
सोही अवसरमा इन्दिरा आङदेम्बे, सीता आङबुहाङ, सीता वनेम, शान्ति आङबुहाङ, चन्द्र कुमारी चाम्लिङ लिङदेन, यामहाङ लावोति, चन्द्र मादेनले मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गरेका थिए। प्रवेसी सदस्यहरुलाई केन्द्रिय अध्यक्ष लिङदेनले टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए भने महिला विभाग अध्यक्ष उर्मिला वेघाले महिला प्रवेसीहरुलाई टिका लगाएर स्वागत गरेकी थिइन्।
अध्यक्ष विष्णु इङनामले धन्यवाद ज्ञापन मन्तव्यबाट अन्तरक्रिया कार्यक्रमको समापन भएपछि रात्रि भोजको आयोजना गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b