एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, २४ पुस । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीलाई यूद्ध अपराधको लागि अन्तर्राष्ट्रिय परम्परा अनुसार दण्डित गर्नु पर्ने बताएका छन्।

ब्यास क्षेत्र विकास कोष तनहुँले मंगलबार रिपोर्टसर्प क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा उनले दैलेखका पत्रकार डेकेन्द्र थापालाई ज्यूँदै पुरेर मारे, रुकुम काग्रेसका गाँउ कमिटि सभापतिको हत्याको प्रकरण उठाउँदै मुलुक माओवादीको कुकर्ममा पसेको दावी गरे।

Ramchandra Paudelपौडेलले भने–माओवादीले जनतालाई असुरक्षित बनायो। यो अपराध कर्ममा अन्तर्राष्ट्रिय कर्म अनुसार माओवादी दण्डित हुनु पर्छ।
मुलुकको निकासको जिम्मा राष्ट्रपतिले लिएकोले अब ठोस जिम्मेवारपूर्ण कदम चाल्नु पर्ने आवश्यकता औल्याउँदै अन्तर्राष्ट्रिय प्राक्टीस हेरेर राष्ट्रपतिले छिट्टो निकासको लागि कदम चाल्नु पर्ने बताए।

उनले राष्ट्रपति असफल हुन नहुने तर्क गर्दै भने–राष्ट्रपतिलाई असफल हुने छुट छैन। उहाँ असफल हुन पाउनु हुन्न। उहाँले मुलुकलाई निकास दिनै पर्छ।
उनले मुलुकमा प्रजातान्त्रिक पद्धति भएको बेला मुलुकले तत्कालै नयाँ प्रधानमन्त्री पाउने र प्रधानमन्त्री जाने अवस्था रहेको उल्लेख गर्दै अहिले मुलुकमा प्रजातान्त्रिक ब्यवस्था भए नभएको विषयमा आशंका ब्यक्त गरे।

पौडलेले बेद ब्यासको जन्मस्थललाई विश्वभरी परिचत गराउन थालिएको प्रयासको प्रशंसा गर्दै त्यसको लागि विज्ञहरु सहितको समिति निर्माण गरेर उपयुक्त गुरुयोजना निर्माण गर्नु पर्ने बताए।

बेद ब्यासलाई नेपालीको पहिचानको संज्ञा दिदै उनले माओवादीले अहिले ठूला ठूला स्थापित पहिचान मारेर साना पहिचानलाई स्थापित गर्न लागेको भन्दै असन्तुष्टि समेत ब्यक्तगरे।

ब्यास क्षेत्र विकास समिति तनहुँले बेद ब्यासको जन्मस्थल तनहुँलाई संसार भरि चिनाउँदै त्यस क्षेत्रमा पर्यटक प्रर्वदन गर्ने उद्देश्यले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माण गरेको छ जस अन्र्तगत अल्पकालिन योजना अन्र्तगत आगामि तीन वर्ष भित्र बेद ब्यासको १ सय ८ फिटको मुर्ति स्थापना गर्ने काम थालिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो।

आयोजकले यो संसारमै सबैभन्दा ठूलो ब्यासको मुर्ति हुने दावी गरेका थिए। मध्यकालिन योजना अनुसार गणेशको मुखबाट मुखारित भएको बेद लेखेको दृश्य स्थापना र त्यसपछि जन्म स्थलदेखि दमौलीसम्मका सम्पूर्ण ब्यास क्षेत्रको एकीकृत विकास गर्ने रहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस