दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, २५ पुस । पोखरामा जारी नोङसिम शिन राम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिता अन्र्तगत बुधबार भएको लिग चरणको खेलमा डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा आवासिय उच्च मावि, नेपाल पुलिस क्लब र भारत कोलकत्ताको वरिसा सवुज संघले जित हासिल गरेका छन्।
७ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा डिफेण्डीङ च्याम्पियन ज्ञानुबाबाले सिधैं वाई पाएर सेमिफाईनल खेलमा यात्रा बनाए पनि लिग चरणका तीन खेलमा भने लगातार जित हासिल गरी ६ अङकका साथ शीर्ष स्थानमा रहेको छ।
निकै प्रतिष्प्रर्धामा भएको खेलमा ज्ञानुबाबाले ढोरपाटन कप विजेता सशस्त्र प्रहरी वल (एपिएफ) लाई १९–२५, २७–२५, २३–२५, २५–१३ र अन्त्ीाम सेटमा १६–१४ को सेटमा पराजीत गरेको हो। खेलमा ज्ञानुबाबाकी परिक्षा गुरुङ वुम्यान अफ दी म्याच घोषित भईन्।
विभागिय टोली नेपाल पुलिसले भारतको वर्षात एकेडेमीलाई २५–१६,२५–२२ र २५–२१ को सोझो सेटमा पराजीत गर्दै समूह बीबाट विजेता भएको छ। ज्ञानुबाबा समूह एबाट विजेता भएको छ भने पुलिस समूह बीको विजेता भएको हो । पुलिसले लिग चरणका दुईखेलमा जित हासिल गरी ४ अङक जोड्न सफल भएको हो। खेलमा पुलिसकी चुडा खड्का वु म्यान अफ दी म्याच घोषित भइन्।
बुधबारको तेश्रो तथा अन्तिम खेलमा फिस्टेल उच्च मावि माथि भारतको वरीसा सवुज संघले सघर्षपूर्ण जित हासिल गर्यो । वरिसाले फिस्टेललाई १५–२५,२५–२३, २०–२५, २५–२१ र अन्तीम सेटमा १५–४ को सेटमा पराजीत गरेको हो। खेलमा वरिसाकी हनि वु म्यान अफ दी म्याच घोषित भए।
विहीबार लिग चरणको अन्तिम खेल भारतको वरिसा बिरुद्ध एपिएफ विच हुने भएको अफिसियल नारायण भण्डारीले बताए। त्यसै गरी विहीवार नकाउट चरणका तीन खेल हुदै छन्। नकाउट चरणमा हारेका टिम प्रतियोगिताबाट बाहिरिदा जीत हासिल गरेका टिम अन्तिम चारमा स्थान बनाउने छन्।
विहीबार नेपाल पुलिस र फिस्टेल, एपिएफ र बर्षात एकेडेमि र नकाउटको अन्तिम न्यु डाईमण्ड र बरिसा सवुज संघबीच प्रतिष्पर्धा हुने भएकोे आयोजक पश्चिमाञ्चल भलिवल संघले जनाएको छ। पोखरा रंगशालामा व्यवस्थित भलिवल कभर्ड हल निमार्ण गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पौष २८ गतेसम्म चल्नेछ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b