सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २४ पौष। पूर्वी पहाडी जिल्लामा चार वर्ष यताकै सवै भन्दा बढी चिसो भएको छ। चिसोसंगै बढेको जाडोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ।
पूर्वी नेपालका मेची कोशी सगरमाथा अञ्चलमा सवै भन्दा बढी जाडो सगरमाथा अञ्चलमा रहेको पूर्व क्षेत्रीय हावा पानी कार्यालय धरानले जनाएको छ।
कार्यालयका अनुसार आज मंगलबार सगरमाथाको न्यूनतम तापक्रम १.५ रहेको छ भने कोशीको ३.५ र मेचीको १.० डिग्री सेल्सियस रहेको छ। जिल्लामा भने सबै भन्दा कम तापक्रम ओखलढुङ्गाको माइनस १.५ रहेको छ भने ताप्लेजुङको ०.० डिग्री सेल्सियस रहेको हावा पानी कार्यालयका प्रमुख राजिव झाले जानकारी दिए।
झाका अनुसार धनकुटाको तापक्रम ३.५, धरानको ७.० विराटनगरको ६.० डिग्री सेल्सियस रहेको छ। यो तापक्रम ४ वर्ष यताको सबै भन्दा कम भएको झाले जानकारी दिए।
पहाडी जिल्लाहरु संखुवासभा ताप्लेजुङ लगायतका जिल्लामा हिमपात भएको कारण चिसो वढेको झाको भनाई छ। सोमबारको तुलनामा भने केही जिल्लाहमा तापक्रम बढेको भए पनि समग्रमा भने कम रहेको झाले बताए।
भिडियो: सन्तोष काफ्ले /एचकेनेपाल डट कम
विहानैदेखि लागेको हुस्सुसंगै आएको शितलहरका कारण धरानलगायतका पूर्वी पहाडी बजारहरुको व्यस्त बजारमा समेत चलपचल घटेको छ। चलपल घटेसंगै व्यापार व्यवसाय समेत कम भएको व्यवयायीहरुले बताएका छन्। चहलपहल नभएकै कारण व्यापारमा आधा घटेको सुनम तितौरा पसलका सञ्चालक सुमन श्रेष्ठले बताए। सदाको तुलनामा आज विक्री समेत आधा भएको उनको भनाई छ। बजारको चहपलपहल नभएकै कारण धरानमा अधिकांश पसलहरु विहानैदेखि खुलेका छैनन्।
विहानैदेखि लागेको हुस्सुसंगै आएको शितललहले अधिकांश निजी तथा सामुदायिक विद्यालयसमेत प्रभावित बनेको छ। चिसो र हुस्सुका कारण पर्याप्त सवारीका साधन समेत चलेका छैनन।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b