एचकेनेपाल डट कम संवाददाता
काठमाडौं, २४ पौष। लगातार चिसो बढ्दै गएपछि काठमाडौं उपत्यकाको तापक्रम मंगलवार बिहान साढे ६ बजे माइनस ०.८ डिग्री सेल्सियससम्म पुगेको छ।

यो तापक्रम सन् १९९७ जनवरीपछि अहिलेसम्मकै सर्वाधिक चिसो रेकर्ड गरिएको हो। सन् १९९७ मा तापक्रम माइनस ३.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

मौसमविद विद्यारत्न शाक्यका अनुसार चिसो बढ्ने क्रम अझै केही दिनसम्म जारी रहने छ। शुक्रबार २.४ देखि घट्दै गएको चिसो सोमवार ०.७ सम्म पुगेको थियो।

यसैगरी, मुलुकमा सर्वाधिक चिसो तापक्रम जुम्लामा रेकर्ड गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लामा सोमवार न्यूनतम तामक्रम माइनस ९.८ रेकर्ड गरिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस