Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बसोबासका आधारमा धनिपुर्जा दिनु पर्ने माग

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २२ पौष। बसोबासका आधारमा सुकुम्वासीहरुलाई स्थाई लाल पुर्जा वितरण नगरिए सशक्त आन्दोलन गर्ने सुकुम्वासी नेताहरुले चेतावनी दिएका छन्।

सुकुम्बासीको समस्या समाधान र यसको निराकरणका बसोबास बस्ती संरक्षण सुकुम्वासीहरुको छाता संस्था नेपाल बसोबास वस्ती संरक्षण समाजको पूर्वाञ्चल भेलामा सहभागी नेताहरुले त्यस्तो चेतावनी दिएका हुन्।

सुकुम्वासी समस्या समाधानको लागि समाजको प्रतिनिधित्वमा स्थाई आयोग बनाउनु पर्ने समाजका पूर्वाञ्चल सचिव कुमार कार्कीले बताउनु भयो। उहाले राजनितिक आयोग स्थाई नहुने भएकोले सो आयोगले समस्या समाधान गर्न नसक्ने ठोकुवा समेत गर्नु भयो।

केन्द्रिय सदस्य समेत रहेका कार्कीले सुकुम्वासीहरुलाई अस्थाई नभई बसोबासको आधारमा स्थाई लालपुर्जा वितरण गरिनु पर्ने वताउदै नदिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनु भयो।

कार्यक्रममा बोल्दै नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष मानप्रसाद लिम्बुले राजनीतिक अस्थिरताका कारण सुकुम्बासी आयोगले सुकुम्बासीका दीर्घकालीन समस्या समाधान गर्न नसकेको बताउनुभयो। उहाँले सुकुम्बासीहरुलाई राजनीतिक अस्थिरताका कारण सरकारपिच्छे सुकुम्बासी समस्या समाधान आयोगको प्रमुख फेरवदल भइरहने हुदा यसले दीर्घकालीन समस्या नल्याउने उहाको भनाई थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


समाजका पूर्वाञ्चल अध्यक्ष नयनबहादुर लिम्बुको अध्यक्षमा सम्पन्न सो भेलामा झापा, सुनसरी, मोरङ, इलाम, सप्तरी लगायतका जिल्लाका सुकुम्बासीहरुको प्रतिनिधित्व रहेको थियो। सो अवसरमा उहाँहरुले सुकुम्बासीको नाममा राजनीति गर्ने प्रचलन दिनप्रतिदिन बढ्दै गएकोमा आक्रोस व्यक्त समेत गर्नुभएको थियो। भेलाले सुकुम्वासी समस्या समाधान तथा अधिकार प्राप्तिको आन्दोलनको रुपरेखा बनाउन कुमार कार्कीलाई जिम्मा दिएको छ।

भेलामा पुर्वका १६ जिल्लाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by