एचकेनेपाल डट कम संवाददाता-
धरान, २२ पौष। सुकुम्वासी आन्दोलनमा संचार क्षेत्रवाट योगदान गरेको भन्दै सुकुम्वासी संवद्ध एक संस्थाले एचकेनेपाल डट कमका नेपालस्थित पूर्वाञ्चल सहकर्मी सन्तोष काफ्लेलाई सम्मान गरेको छ।
धरान क्षेत्रका सुकुम्वासीहरुको अधिकारको सवालमा निरन्तर समाचार प्रकाशन/ प्रसारण गरी योगदान गरेको भन्दै सुकुम्वासीहरुको छाता संगठन नेपाल वसोवास वस्ति संरक्षण समाज पूर्वाञ्चल क्षेत्रीय समितिले आइतवार धरानमा एक कार्यक्रम गरी सहकर्मी काफ्लेसहित आधा दर्जन सञ्चारकर्मीलाई सम्मान गरेको हो।
काफ्ले एचकेनेपाल डट कमसंगै धरानवाट प्रकाशित हुने पूर्णाङ्क साप्ताहिकका कार्यकारी सम्पादक हुन् भने उनी हाल मकालु टिभीमा समेत कार्यरत रहेका छन्।
सुनसरीको धरानमा आयोजित पूर्वाञ्चल विशेष भेला तथा सम्मान कार्यक्रम काफ्लेलाई खदा तथा सम्मानपत्रसहित सम्मान गरीएको थियो। कार्यक्रममा सञ्चारकर्मीहरु गोविन्द वस्नेत भोजराज श्रेष्ठ, भोला श्रेष्ठलगायत वसोवासका लागि योगदान दिने विभिन्न क्षेत्रका अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सुकुम्बासी वस्ती संरक्षण समाजको आयोजनामा भएका सो छलफलमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका समाजका केन्द्रीय अध्यक्ष मानप्रसाद लिम्बु र पूर्वाञ्चल सचिव कुमार कार्कीले प्रमाणपत्रसहित खदा ओढाएर सम्मान गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b