एचकेनेपाल डट कम संवाददाता
दैलेख, २१ पौष । पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा एकृकीत नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता तथा कार्यकताहरु छन्।
थापाकी पत्नी लक्ष्मीको किटानी जाहेरीका आधारमा लक्षीराम घर्ती, जयबहादुर साही, बीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाल पुनमगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनोद शर्माले जनाएका छन्।
किटानी जाहेरीमा रहेका लक्षीरामको पक्राउपछि उनले दिएको बयानको आधारमा अरु पक्राउ परेका हुन्। किटानी जाहेरीमा उल्लेख भएका अरु ३ जना अझै फरार छन्। फरार रहेका केशव खड्का, बमबहादुर खड्का मुक्ति र बमबहादुर खड्काको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।
पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताले २०६१ साल साउन २७ गते द्वारी गाविस-१ स्थित नेपाल राष्ट्रिय निम्न माविमा निर्घात कुटपिट गरी हत्या गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b