एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० पुस । एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपाली काग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमति नबन्ने निश्चित भएकोले आफूहरुले स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव अघि सारेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले पनि सुशीलजीको नेतृत्व हुन दिदैन। त्यसैले उहाँको नेतृत्वको सम्भावना अन्त्य भईसक्यो। सहमतिको लागि समय थोरै छ त्यसैले अब हामीले पनि बाबुरामजी भनेर मात्रै हुँदैन।
साक्षात्कारमा गजुरेलले अहिले अडान लिएर बस्ने बेला नभएको भन्दै जे र जसको नाममा सहमति हुन्छ त्यसैमा सहमति गरेर निर्वाचनमा जानु पर्ने धारणा राखे।
स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव एमाओवादीको पनि चाहना नभएको स्पष्ट पार्दै उनले पुस २५ गतेभित्र सहमति नभए बैशाख जेठमा निर्वाचन हुन नसक्ने भएकोले मुलुकलाई निकास दिन माओवादीले त्यस्तो प्रस्ताव ल्याएको बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b