एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, बालहीतमा समर्पित भुवनेश्वरी सत्यालको ७६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ।

केही वर्षअघिदेखि ठूलो आन्द्रामा क्यान्सरबाट पिडीत सत्यालको पुस १२ गते निधन भएको हो।

सत्यालले कविता, निबन्ध र प्रबन्ध प्रकाशनमा ल्याएकी थिइन्। खास गरेर बालसाहित्यको लेखनबाट उनले आफ्नो सृजनात्मक छवि प्रस्तुत गरेकी थिइन्। एमए उत्तिर्ण गरेपछि उनी समाजसेवामा लागेकी थिइन्। धेरै वर्षसम्म नेपाल बाल सङ्गठनको उच्च तहमा रहेर काम गरेकी सत्यालको बालमन्दिरको संरक्षणमा समेत महत्वपूर्ण भूमिका जोडिएको थियो।

सत्यालका फुटकर रूपमा धेरै रचनाहरू प्रकाशित छन्। उनका ुगीताबोधु ९अनुवाद स् २०५३०, ुपञ्चतन्त्रका कथा, ९भावानुवाद स् २०६२० प्रकाशित छन्। नेपाल सरकारका पूर्वसचिव तथा साहित्यकार जीवनलाल सत्यालकी पत्नी भुवनेश्वरी सत्यालले ुचिचिलाु नामक बालपत्रिकाको पनि सम्पादन गरेकी थिइन्।

सत्याल गोरखा दक्षिणबाहु, महाकवि देवकोटा शताब्दी सम्मानलगायत विभिन्न अलङ्कार र सम्मानबाट सम्मानित थिइन्।
-नरेन्द्रराज प्रसाई

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस