एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली, १९ पौष। बुधवार राति सिन्धुली कारागारमा भएको झडपमा घाइते भएका निरज देवकोटाको मृत्यु भएको छ। आफ्नो कार्यकर्ताको हत्या भएको भन्दै नेपाली काँग्रेसकका आक्रोशित भिडले आक्रमण प्रयाश गरेपछि स्थानीय प्रशासनले सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले १४ राउन्ड हवाइफायर र २१ सेल अश्रु ग्यास प्रहार गरेको छ। सदरमुकाममा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो।

कारागारका नाइकेसमेत रहेका २७ वर्षीय देवकोटाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। देवकोटाले अरु कैदीहरुलाई कुटपिट गरेपछि बुधवार राति कैदीहरु मिलेर उनीमाथि निर्मम कुटपिट गरेका थिए। गम्भीर घाइते भएका देवकोटालाई सिन्धुलीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि राजधानी ल्याइएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस