सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, १९ पुष । धरान १३ स्थित सैनिक आवासीय महाविद्यालयले नवौ अमर ललित डिपो कपको उपाधिमा कब्जा जमाएको छ।
धरान १८ डिपो खेल मैदानमा सम्पन्न फाइनल खेलमा सैनिकले डिपो उच्च माविलाई ० का विरुद्ध १ गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पूर्वाद्र्धको खेलमा कुनै गोल हुन सकेन। गोलको अवसर सैनिकले पटक पटक पाए पनि त्यो अवसर गुमाएको थियो। दोस्रो हाफको १ मिनेट पनि वित्न नपाउदै सैनिकका जर्सी नं. ८ का राजु नेपालीले गोलको राम्रो सदुपयोग गर्दै गोलमा परिणत गरेपछि भने सैनिक १ गोलको अग्रतामा रह्यो।
४ पटकको डिपो कप विजेता सैनिक र दुई पटकको विजेता डिपोबीच अत्यन्तै कडा प्रतिष्पर्धा भएपनि दोसंो हाफमा भने कुनै गोल हुन नसकेपछि सैनिकले उपाधि चुम्न सफल भएको हो।
जितसंगै सैनिकलाई ५ हजार नगद, टफी र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै द्वितीय डिपोले भने नगद ३ हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको थियो।
फाइनल खेलको म्यान अफ द म्याच डिपोका गोल रक्षक विवेश शेर्पा घोषित भए। यस्तै प्रतियोगिताभर सबैभन्दा बढी गोल गर्ने हाइस्कोरर सैनिकका राजु नेपाली घोषित भए। उनले खेल अवधिभर ५ गोल गरेका थिए।
यस्तै, सो खेलको बेष्ट प्लेयर डिपोका मन्जिल राई घोषित भए। उनलाई नगद ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै प्रतियोगिताको प्लेट च्याम्पियनमा पूर्वक्षेत्रीय प्रहरी आवासीय मावि, सेकेन्ड रनरअफ भिक्टोरिया रेसिन्डिसियल स्कुल घोषित भएका थिए। उनीहरुले क्रमश ः २ हजार, १ हजार नगद र प्रमाणपत्र प्राप्त गरे।
डिपो उच्च माविबाट प्रत्येक बर्ष आयोजना गरिने यस माविस्तरीय फुटबल प्रतियोगितामा सुनसरीभरिका १६ वटा मा.वि. तथा उच्च माविका खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b