एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, १८ पुस । नेपाली काग्रेस निकट नेपाल महिला संघले महिला हिंसाका विरुद्ध आन्दोलन घोषणा गरेको छ।
संघले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो। घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रममा विहीबार राजधानी काठमाडौसहित मुलुकका ७५ वटै जिल्लामा जिल्ला शाखाहरुले प्रमुख जिल्ला अघिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने रहेको छ।
पहिलो चरणको विरोध कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले महिला हिंसाका अपराधीहरुलाई कारवाही नगरे त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनम जानकारी दिईयो।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष डा डिला संग्रौलाले मुलुक एक्काईसौ शताब्दिमा प्रवेश गर्दा आधा आकास ओगटेका महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको भन्दै राज्यले यस्तो हिंसा अन्त्यको लागि उचित कदम नचालेकोमा आक्रोश ब्यक्त गरिन्।
उनले सर्वसत्ताबादको चिर निन्द्रामा सुतेको सरकारलाई ब्यूझाँउन सम्पूर्ण महिलाहरुलाई गोलबन्द हुन आब्हान गरिन्। राज्यले नागरिकको न्यूनतम बाच्न पाउने अधिकारको समेत संरक्षण गर्न नसकेको आरोप लगाउँदै विद्यमान कानून कार्यान्वयन नभएको र मुलुकमा दण्डहिनताको अवस्था बढेको कारण यस्ता घटनाहरु न्यूनिकरण हुन नसकेको दावी गरिन्।
महिला विभाग प्रमुख एवम नेपाली काग्रेसकी केन्द्रीय सदस्य मिना पाण्डेले सरकारको सत्ता लिप्साको कारण विधी मिच्ने क्रम बढेकोले यस्ता घटनाहरु भएको भन्दै सरकारलाई सत्ता च्यूत नगरेसम्म यस्ता घटना घटना न्यूनीकरण नहुने दावी गरिन्।
उनले न्यायको ठेक्का लिएकाले नै हिंसा गरेकोले मुलुकमा हिंसाको घट्ना अझै दर्दनाक र बेसर्मपूर्ण बनेको आरोप लगाईन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b