एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले बर्तमान सरकारको सम्मानजनक बर्हिगमन र निर्वाचनको ग्यारेन्टी नगर्दासम्म दलहरुवीच सहमति बन्न नसक्ने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानसभामा भएका सहमतिबाट पछि नहट्ने, पहिचान सहितको संघीयता, सबैधानिक निकायमा पदपुर्ति, निर्वाचनको घोषणा र त्यसको लागि सहमति नभएसम्म अर्को सरकार बन्नै नसक्ने ठोकुवा गरे।
साक्षात्कारमा मन्त्री बोगटीले भने–काग्रेस सभापति सुशिल कोइराला हुँदैन भनेर हामीले भनेका छैनौं। तर बाबुरामजीमाथि पनि छुवाछुत गर्नु भएन। प्याकेजमा सहमति भए सुशिल जी पनि स्विकार्य छ। पहिलो चरणमा सहमतिको सरकारबाट निर्वाचनको सुनिश्चित हुनु पर्छ अनि दोस्रो चरणमा निर्वाचन गराउन सहमतिको सरकार गठन गर्न हामि तयार छौं।
निर्वाचन नभए संक्रमण नछोट्टिने र यसले मुलुकको राष्ट्रिय स्वाधिनतामा गंभीर असर पर्ने भन्दै उनले आफ्नो पार्टी निर्वाचनको पक्षमै रहेको स्पष्ट पारे।
बोगटीले भने–हामी निर्वाचनको पक्षमा छौं। निर्वाचन नभई समाधान निस्किदैन। निर्वाचनको विकल्प छैन तर विन विन सिच्यूयसन निकाल्नु पर्छ। अडानमात्रै लिएर हुँदैन। पुनःस्थापनाको कुरा विकल्प मात्रै हो। निर्वाचन नहुने भए यसरी समाधान गरौं नत भन्ने।
महिला हिंसाका घटना समान्तबादी सोचको उपज भएको भन्दै उनले यसको अन्त्यको लागि दलहरुको सामूहिक प्रयत्न र प्रतिबद्धता आवश्यक रहेको बताए।
सरकारको प्रयत्नले मात्रै केही हुन नसक्ने भन्दै उनले यसको लागि सामुहिक प्रयास र चेतावनाको आवश्यकता रहेको औल्याए।
पछिल्ला समयमा श्रंखलाबद्ध रुपमा घटेका घटना पुरातन सोच र समाजको विकासको अन्र्तविरोध भएको भन्दै उनले नियन्त्रणको लागि नयाँ दण्ड विधीको निर्माणमा जोड दिए।
उनले पछिल्ला घटनाहरुमा सरकारले पीडकहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिदै कर्मचारीहरुलाई समेत पक्राउ गरेर कारवाही गर्ने निर्णय सरकारले गरिसकेको बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b