विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, ३१ डिसेम्बर। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले कवि प्रकाश नेपालको कविता सङ्ग्रह ‘राति फुल्ने फूलहरू’ को काठमाडौंमा विमोचन गरेको छ।

कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले गरेका हुन्। सो अवसरमा उपकुलपति उप्रेतीले विदेशी भूमिमा बसेर नेपाली साहित्य सिर्जना गर्ने स्रष्टारूको प्रशंसा गरे।

अध्यक्ष एवं अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक देवी नेपाल र साहित्यकार शैलेन्द्र साकारले कृतिबारे आ–आफ्नो समालोचकीय मन्तव्य प्रस्तुत गरेका थिए। सोही अवसरमा पेन नेपालका महासचिव प्रकाश ए राज, बाबु नेपाल, संस्थाका महासचिव सन्ध्या पहाडी र सदस्य यादव भट्टराई लगायतले विमोचित कृतिबारे मन्तव्य व्यक्त गरेका थिए। कविद्वय राजेन्द्र शलभ र मणिराज सिंहले विमोचित कृतिबाट कविता वाचन गरेका थिए।

कबि प्रकाश नेपाल वाशिंगटन डिसी महानगरीय क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आई रहेका छन् भने उनी एक क्रियाशील समाज सेवी पनि हुन्। अमेरिका मै अध्ययन पूरा गरि सूचना प्रबिधि क्षेत्रमा संलग्न नेपाल सानैदेखि साहित्यमा रुचि राख्ने र वाशिंगटन डिसीमा अनेसासले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भइसकेका नेपाल वाशिंगटन डिसी महानगरीय शाखाको अध्यक्ष हुन् भने अन्य सामजिक संस्थाहरुसंग आबद्धसमेत छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस