देवराज राई / एचकेनेपाल डट कम –
हङकङ, ३१ डिसेम्बर। नेपाली भेषभूषामा सजिएर डिसेम्बर ३० तारिखका दिन हङकङको व्यस्त युन लङको सडकमा निस्किएका नेपालीहरुको एक ठूलो समूहले झाँकी प्रदर्शन गर्दै युनलङ परिक्रमा गर्यो। झाँकीमा ३ वर्षको सानो बालकदेखि बृद्धबृद्धा समेतको सहभागीताले युनलङ नेपालीमय बनेको थियो।

हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा हरेक वर्ष, वर्षको अन्तिम सप्ताहलाई हङकङ नेपाली कला मन्दिरले ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह’ को रुपमा आयोजना गर्दै आएको छ। नेपाली सप्ताह २००५ सालदेखि वर्षेनी आयोजना हुँदै आएको छ।

स्थानीय जननेता जिल्ला पार्षद केन चाउ, जिल्ला पार्षद माक इप सिं र हङकङ नेपालीज फाउण्डेशनका पदाधिकारीहरु नेपाली सप्ताह २०१२ कार्यक्रमको नेतृत्व गर्दै। तस्बीरः जगत अम्बु गुरुङ /एचकेनेपाल डट कम

आयोजकका अनुसार नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै यसैको आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा नेपाली समुदायको सहभागीतामा झाँकी प्रदर्शन गरिएको थियो।

हङकङका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक विद्यालयका प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङको घडी पार्कदेखि यावसान स्ट्रीट, होपयिक रोड, ताइतोङ रोड, काउयुक रोड तथा ताइ युक रोड हुँदै युन लङ रोड परिक्रम गरी युनलङ टाउन हल पुगी विविध नेपाली साँस्कृति कार्यक्रम सम्पन्न भएको थियो।

विभिन्न जातीय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातीय संस्कृति झल्कने भेषभूषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो। पदयात्रामा नेपाली हृदय नजीकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए।

कार्यक्रममा विभिन्न विद्यालयका साथ नेपाली संघसंस्थाले समेत सहभागीता जनाएको थियो। पदयात्रा पछि सम्पन्न भएको सांस्कृति कार्यक्रममा बेथल हाइस्कुल, क्यारिटास माध्यमिक विद्यालय, पीएच सेन्ट्रल प्राइमरी स्कुल, टीके प्राइमरी स्कुल, आइकेटी कलेज चाईवान, सर एलिस कादुरी स्कुल, सिएमए माध्यमिक विद्यालयका विधार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्यहरु र गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्ला पार्षद केन चाउ, मार्क इप सिं एवंं विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु समेत यात्रामा सहभागी भएका थिए। साँस्कृतिक झाँकी सहितको यात्रपछि भएको एक छोटो औपचारिक कार्यक्रमको अध्यक्षता किसन राईले गरेका थिए। कार्यक्रममा अमोद राईले स्वागत मन्तव्य, पसन तमूले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्नु भएको थियो। फाउण्डेशनको संयोजक किसन राई एवं जिल्ला पार्षद केन चाउले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा नेपाली भाषा, साहित्य, संस्कृतिलाई निरन्तर सहयोग गर्ने पीए सेन्ट्रल प्राइमरी स्कुलका प्रधानाध्यापक चोङ का लेउङलाई फाउण्डेशनका अध्यक्ष किसन राई र उपाध्यक्ष पशन तमूले खादा ओढाई सम्मान व्यक्त गरेका थिए।

नेपाली सप्ताहको पहिलो दिन डिसेम्बर २५ तारिखका उद्घाटन गरिएको कार्यक्रममा एचकेडीएससीमा उत्कृष्ट अंक ल्याउन सफल नेपाली विधार्थीहरुलाई हङकङ नेपाली शिक्षा पुरस्कार प्रदान गरिएको थियो। साथै सोही दिन भूपी जयन्ती एवं साहित्य कार्यक्रमको आयोजना गरिएको थियो।

CLICK HERE TO VIEW MORE PHOTOS

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस