सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
खोटाङ सेवा समाज, बेलायतले बरिष्ठ संगीतकार एवं प्राज्ञ शान्तिराम राईलाई नेपाली संगीतको क्षेत्रमा बिगत २५ बर्ष देखि निरन्तर उत्कृष्ट सिर्जना गरि राष्ट्र तथा अन्तर्राष्ट्रमा नेपाली संगीतलाई चिनाउन विशिष्ठ योगदान गरेवापत “खोटाङ प्रतिभा पुरस्कार–२०१२”द्धारा पुरस्कृत एवं सम्मानित गरिएको छ।

पुरस्कृत एवं सम्मानित व्यतिmत्वको बारेमा बोल्दै बरिष्ठ कवि श्रवण मुकारुङले भने – “मात्रृभाषामा पहिलो पटक २०४६ सालमा गीत गाएर आफ्नो सांगीतिक यात्रा शुरु गरेका संगीतकार एवं प्राज्ञ शान्तिराम राईले आजका मिति सम्म आईपुग्दा नेपाली सिर्जनशिल संगीतको क्षेत्रमा अनेकौं आयामहरु थप्न सफल भएकाछन्। २०४८ देखि २०५५ सम्म नेपाली संगीतमा प्रयोगात्मक शैलीमा सिर्जना गर्दै ५५ देखि ब्यवसायिक सुगम संगीतको सिर्जना र सामाजिक जागरणका संगीत समेत विभिन्न कालखण्डमा सिर्जना गर्न सफल संगीतकार शान्तिराम राईलाई आजको दिनमा गरिएको सम्मान तथा पुरस्कार समय सान्दर्भिक रहेको छ।”

सो अवसरमा पुरस्कृत एवं सम्मानित व्यतिmत्व शान्तिराम राईले आफू संगीतको एक कुशल विद्यार्थी रहेको र सिक्ने क्रममै रहेको अवस्थामा दिईएको यस प्रकारको पुरस्कार र सम्मानले समाज राष्ट्रप्रति संगीतको माध्यमबाट गर्नु पर्ने थप कार्यको जिम्मेवारी बोध भएको र आगामी दिनमा यसबाट थप उर्जा लिएर सिर्जना गर्दै जाने कुरा व्यतm गरे।

संगीतकार शान्तिराम राईले हालसम्म १५०० भन्दा बढी संगीतको सिर्जना गरि सकेकाछन्। धोका दियौ तिमीले, तिमी तारे भीर, आईडी कार्डैले, फूूलको आवाज, बाटो हेरे हुन्छ आमा, फेरि तिम्रो याद आयो, भंज्याङ्को चौतारीमा, लगायत दर्जनौ सुपरहिट संगीत दिईसकेकाछन्। उनले विद्यालयमा पठनपाठन गर्ने संगीतको कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक लेखिसकेका छन्।

सोही अवसरमा कृषि क्षेत्र तथा समाज सेवामा योगदान पु¥याए वापत मदन राईलाई “खोटाङ नागरिक सम्मान –२०१२” सम्मानित गरियो। पुरस्कारको राशी नगद रु. २५,००० सहित ताम्रापत्र रहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस