सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरानमा आयोजना भइरहेको लिम्बूहरुको सांस्कृतिक उत्सव चासोक तङनामको अवसर पारी निर्देशक लोकेन साँवाको निर्देशनमा पालाममा आधारित दुई लिम्बू गीतहरुको छायाँकन भइरहेको छ।

अम्बिका सम्बाहाम्फेको रचना तथा गायिका दिलु बनेम र गायक रणहाङ थक्लेनको स्वर रहेको तक्लुङ र थक्पालुङ बोलको गीतहरुको छायांकन चासोक तङनाम आयोजना स्थलमा भइरहेको छ।

उत्सव स्थलसँगै विजयपुर, भेडेटार, डाडाबजार लगायतका स्थलमा समेत छायाँकन गरिने निर्देशक साँवाले संजिता सुब्बा, रविन लिम्बू र हर्क लिम्बूसँगै छ थरे समाज र चौबिसे समाजको अभिनय हेर्न पाइने दुबै भिडियोको छायांकन रोशन श्रेष्ठले गर्दैछन्।

नेपाली संगीत क्षेत्रमा लिम्बू भाषाको गीत र संगीतले पनि यिनै महत्वपूर्ण स्थान ओगेटेको छ र डिजिटल युग सँगै आजकाल लिम्बू गीत संगीत दृश्य माध्यमबाट बढी बिक्री हुने कारणले लिम्बू गीत संगीतहरुको म्युजिक भिडियो बनाउने प्रचलन बढ्दो छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस