एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १५ पौष । प्रस्र्याङ टेनिस क्लबको आयोजनामा पोखरामा आईतबार ११ औ संकरणको पस्र्याङ्ग राष्ट्रिय भेट्रान्स टेनिस प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगिता अन्र्तगत ३५ बर्ष माथि एकल तर्फको प्रतिष्प्रर्धामा डिफेण्डीङ च्याम्पीयन काठमाडौंका महेश श्रेष्ठले जितेका छन्। आईतबार भएको फार्ईनल खेलमा श्रेष्ठले हङकङ निवासी विनोद गुरुङलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद १५ हजार पुरस्कार पाए। उपविजेता भएका गुरुङले ७ हजार ५ सय पाए।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

बिभिन्न ईभेण्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत पोखरेली खेलाडीहरुले घरेलु मैदानको फाईदा उठाउदै ३५ बर्षमाथि डवल तर्फको ईभेण्टमा मात्र उपाधि रक्षा गर्न सफल भए। फाईनल खेलमा धरमसिंह लामिछाने र राजु गुरुङको जोडीले नेपालका उत्कृष्ट खेलाडी कमल भण्डारी र प्रताप मोक्तानको जोडीलाई १–६, ६–० र १०–३ को सेटमा पराजित गरी उपाधि माथि कब्जा जमाउन सफल भएका हुन्। विजेताले १० हजार र उपविजेताले ७ हजार पाएका हुन्।

४५ बर्षमाथि एकलमा काठमाडौका खेलाडी प्रताप मोत्तानले फाईनल खेलमा पोखरेली खेलाडी अनिल तुलाचनलाई ७–५, ६–२ को सोझो सेटमा पन्छाउदै उपाधिमाथि कब्जा जमाउन सफल भए। ४५ बर्ष माथि डवलमा काठमाडौकै खेलाडी चन्द्र शाही र कर्मा घलेको जोडीले पोखरेली खेलाडी राजु श्रेष्ठ र अनिल तुलाचनको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजीत गर्दै उपाधि जितेका हुन्। ५० बर्षमाथि एकलतर्फ काठमाडौका करीप मुल्ला मुस्लीमले विदुर विष्टलाई पराजित गरी उपाधि जिते।

विजयी खेलाडीहरुलाई शिक्षाविद जर्ज जोन, डाक्टर एलियामा जोन, अतिरिक्त प्रहरी महानीरिक्षक (एआईजी) दुर्ज कुमार राई, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, सशस्त्र प्रहरी लामपाटनका एसएसपी सुरज श्रेष्ठ, सशस्त्र प्रहरी वल कालिका गण मालेपाटन पोखराका गणपति शम्भु उप्रेती, प्रस्याङ टेनिस क्लबका अध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कार वितरण गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस