त्रिलोचन कोइराला /एचकेनेपाल डट कम-
युएई, नेपाली लोकगीतको उर्भरभूमि मानिने स्याङ्जा जिल्लाबाट युएई आएका नेपालीहरुको साझा संस्था स्याङ्जा सेवा समाज अबुधाबी क्षेत्रीय समिति युएर्इले अंग्रेजी महिनाको नयाँ बर्ष सन १०१३ को पूर्व संध्यामा डिसेम्बर २८ तारिख अबुधाबीमा नव बर्ष शुभकामना साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

लोकगायक खुमन अधिकारी र लोकगायिका जमुना रानाका साथामा युएईमा स्थापित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती रहेको शुभकामना साँस्कृतिक कार्यक्रम जिल्लाको पहिचान झैँ लोकमय भएको थियो।

औपचारिक तथा साँस्कृतिक गरी दुर्इ चरणमा बिभाजन गरिएको शुभकामना कार्यक्रममा प्रमुख अतिथि युएईका लागि नेपाली राजदूतावासका नेपाली उपनियोगप्रमुख दीपक अधिकारी तथा कार्यक्रम सभापति अमित थापा तथा संचलान सँयुक्तरुपमा लक्षुमन खनाल र घनेन्द्र रानाले गरेका थिए।

साँस्कृतिक कार्यक्रममा पहिला स्थानीय कलाकारको प्रस्तुती रहेको अबुधाबीको केरला सोसाइटी सेन्टरको हलमा खचाखच भरिएका दर्शकलाई चोली छोटो भयो मैले के गर्ने.. गीतमा महिलाको पहिरनमा स्टेजमा निस्किएका पुरुष कलाकार दीपक गुरुङले स्वागत गीतमै हलका दर्शकलार्इ नाच्न बाध्य बनाए। गुरुङले तातेको कार्यक्रमा हलमा युएईका स्थापित लोकगायक गोपिकृष्ण पगेनीले दर्शकदिर्घबाट आमा तिम्रो दुधको ऋण तिर्न सकिंन भन्दै.. स्टेजमा निस्कदा सांगीतिक माहौलमा तातेको हाल एका एक शून्यता छाएको थियो। युएर्इका दर्शकलाई नचाउन सिपालु गायक पगेनीले लगतै लोक भाकाका गीत नेपालबाको आँगनमा नारायण पूजा लागको छ ..र सालैजु सालैजु .. भन्दै गीत गएर दर्शकलाई मजाले उफारे। स्टेजमा लगतै नाबिर्ष तिमीलाई नपाए तिमीलाई… आधुनिक गीतमा मजाले दर्शकको तालि पाइन नृत्यकार दुर्गा लिम्बुले।

दुर्गा पछाडि स्टेज पाएका थिए भखरै मात्र बजारमा बहुमूल्य गीति एल्बम बजारमा निकालेका गायक छबिकिरण भट्टराईले नारायणगोपालको गीत गाउदै स्टेजमा निस्किएका भट्टराईले आफ्नो एल्बम बहुमूल्यमा रहेको लोकगीत जम्का भेट भयो हाम्रो मिरमि बजारमा ..तथा आधुनिक गीत कहाँ गयौ तिमी लगेनौ किन मलार्इ ..गायक आफ्नो प्रस्तुती पस्किएर दर्शकको राम्रो हुटिंग पाएका थिए। गायक भट्टराई दुबाईको एक होटलमा पाश्र्व गायकका रुपमा काम गर्छन्।

लोकमय बनेको हल त्यतिबेला चकमन्नता भयो जतिबेला कलाकार शिबराज कंडेल उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला …भन्दै वियोगान्त गीतमा क्यान्डीको आगो धारिलो छुरी अनि चुरा पोतेको साथमा निकै कलात्मक नृत्य गरे। उनको नृत्यलार्इ दर्शकले एक रियालिटी नृत्यको उपमा दिएका थिए।

कंडेलले भाबुक बनाएका दर्शकलाई हौसाउदै पूर्ब पश्चिम हेरे मेरै माया राम्री भन्दै … स्टेजमा आएका लोकदोहरी गायक नारायण न्यौपानेले दर्शकलाई गीतमै घरमा पराल बनमा बन्सो के छ नि सञ्चो बिसञ्चो भन्न पनि भ्याए। न्यौपाने नेपाली लोकदोहरी होटल यक एण्ड अति दुबाईका व्यवासायिक गायक हुन्।

न्यौपानेलेको गायकीले तताएको दर्शकलाई पसिनै पसिना बगाउन आइन् पुनः दुर्गा लिम्बू आइटम डान्स चौबंधी चोली अनि रातो झागर .. गीतमा आइटम डान्समा कम्मर मर्काउदै नृत्य गर्दा खचाखच भरिएको हलका दर्शक पनि लिम्बुसंगै पसिनाले निर्थुक्कै भएका थिए।

स्थानीय कलाकार सिमा लामिछानेले सुपारी चाम्रो छ मायाको हेराइ राम्रो छ .. गायकी, दीपक गुरुङ र रिजन थापाको युगल लोकनृत्य सालैजु सालैजु … ले पनि दर्शकलाई मजाले मनोरंजन दिएको कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुती सेलाउन नपाउदै स्याङ्जाकै लोकगायक खुमन अधिकारी दर्शकलाई नाँच्न हौसाउदै स्टेजमा आइपुगे उनी भन्दै थिए म गीत गाउंदा मलाइ हल्ला चाहिन्छ। आफ्नै जिल्लाका राष्ट्रका चर्चित गायकले भनेको दर्शकले पनि किन नमान्ने अधिकारीले स्याङ्जालीलाई नभन जाली तिम्रो पनि सिउंदो छ खाली …आच्छा लेकिन चाइने जो … किन पर सर्या छेउमा बस्ने छैन र रहर …लगायत आधादर्जन गीत गाउदा युएर्इका नेपाली दर्शकले मजाले साथ दिए।

कार्यक्रममा दर्शक नचाउने पालो आएको थियो खोमनाले गीत गाउंदा दर्शकसंगै कम्मर मर्काउदै नाचिरहेकी लोकगायिका जमुना रानाको। दर्शक उकास्न खपिस गायिका रानाले राम्रा सोल्टी युएर्इमा भएर आफ्नो बिवाह नभएको बताएपछि युवाहरु मजाले हौसिए त्यमा जमुनाले सबैजनाले यहि कुरा गरे तिम्रो मेरो जोडी खुब राम्रो छरे भन्दै दर्शकको भिडमा इंकित गर्दै आफ्नो प्रस्तुती थालनी गर्दा तन्नेरी दर्शकहरु रुमाल निकाल्दै हात हल्लाउँन थालिहाले। आयोजक अतिथि अनि दर्शकको भिडमा नै आफ्ना गीत पस्केकी जमुनाले भकारीमा धान छ मलाई कसले लान्छ तिमीलाई के चासो ..पिरमा छौ कि किन रून्छौ… पालमा पनि गुम्बा हजुर गुल्मीमा पनि गुम्मा ताने पछि झयाप्पै लाग्ने हजुर काठमांडूको तुम्बा… जीवनसाथी आफैले छान्ने हो आफैले मन पराएको साथीलाई बरमाला… लगायताका आधा दर्जन गीत पस्केकी थिइन्।

सांगीतिक माहोल तातिरहेकै बेला समयको कारण समापन भएको साँस्कृतिक कार्यक्रम पुनः स्याङ्जा सेवा समाज युएईको आयोजनामा लोकगायक खुमन अधिकारी तथा लोकगायिका जमुना रानाको प्रस्तुतिका साथ यहि जनवरी ४ तारिख दुबईको अस्ट्रेलिया होटलमा हुने भएको छ आयोजकले बताएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस