एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ पौष। राष्ट्रपति डा. रामवरण यादब ५ दिने औपचारिक भारत भ्रमण सकेर शनिवार स्वदेश फर्केका छन्।
राष्ट्रपति यादवले भारत भ्रमणका क्रममा समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री, गृहमन्त्री र विभिन्न दलका शीर्ष दलका नेताहरुसंग भेटघाट गरेका थिए। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उनी भारत गएका थिए।
भारत भ्रमणका क्रममा उनी वनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागी थिए। वनारस विश्वविद्यालयले उनलाई ‘डाक्टर अफ ल’ को उपाधिले सम्मान गरेको छ।
पुष ९ गते २२ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका राष्ट्रपति यादवको भ्रमण टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव। छोरी अनिता, सल्लाहकारहरु राजेन्द्र दाहाल र हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेतलगायत सहभागी थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
