सुरेश गुरुङ / एचकेनेपाल डट कम-
कुवेत, तमू समाज कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ) जातिहरुको परम्परागत महान पर्व “ल्होछार” यस वर्ष पनि जनवरी ११, २०१३ शुक्रबारका दिन कुवेतको फिन्तास वेडिङ् हलमा धुमधामका साथ मनाउने भएको छ।
यसपालिको ल्होछारमा नेपालबाट आउने अतिथी कलाकार शान्ति गुरुङको जोडदार प्रस्तुती रहने छ भने ल्होछारमा भव्य कुवेतवासी नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ।
खासगरी तमू (गुरुङ) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा(संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज, कुवेतले ल्होछार पर्व एक समावेशी ढंगबाट मनाउने र सम्पूर्ण तमू तथा गैरतमूहरुलाई ल्होछार कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन समाजले हार्दिक अनुरोध गरेको छ।
तमु ल्होछरमा कुनै टिकट लाग्ने छैन। निःशुल्क राखिएको ल्होछारको व्यापक तयारीमा परिवारका सम्पूर्ण तमु कलाकारहरु अहोरात्र खटिरहेको र यो शो पक्कै पनि एक ऐतिहासिक शो हुनेछ। तमु ल्होछर कार्यक्रमलाई युएई एसचेन्ज कुवेत र फ्लाई दुबइले स्पोन्सर गरेको छ भने तमु समाजको कोषाध्यक्ष नन्द घले समाजका कलाकारहरु यम गुरुङ, रमेश गुरुङले पनि यस ल्होछरलाई ठूलो रकम सहयोग गर्नु भएको छ।
ल्होछार कार्यक्रमस्थल कहाँ र कसरी जाने?
तमू समाज, कुवेतद्वारा आयोजना हुने स्थानमा जानको लागि ९९९, १०२, २०५ नं. का बसहरु अर्थात फाहाहिल रुटमा चल्ने कुनैपनि बसमा जान सकिने छ भने फिन्तास लण्डन हस्पिटलको अगाडि ब्रिज नं. २१० मा उत्रनु पर्नेछ र वेडिङ् हलको बारेमा सोधपुछ गरेमा कसैले पनि बताईदिने छन्। ब्रिजबाट वेडिङ् हलसम्म जान पैदालमा करीब ५ मिनट लाग्नेछ, थप जानकारीको तमु समाजको साथीहरुसँग सम्पर्क गर्न सकिने तमु समाज कुबेतले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b