अरुण ढुंगेल /एचकेनेपाल डट कम-
अफ्रिका, शान्ति र बातावरण संरक्षणको नारा लिएर सन् २००३ देखि साईकल यात्रामा रहेका विश्व साईकलयात्री फुर्तेम्बा शेर्पाले आफ्नो यात्राको नवौ बर्ष डिसेम्बर २५ तारिखमा पूरा गरेका छन्।
नौ बर्षको यात्राको क्रममा ८८ देश पुरा गरिसकेका शेर्पा, साईकलमै ९१,२१३ कि मि को दूरी पार गर्न सफल भएका छन्।
केम्प्टन पार्क, जोहान्नेस्बर्गमा एनआरएन साउथ अफ्रिका अध्यक्ष अवतर गुरुङको पोमना लजमा, नेपालीहरु बैकुण्ठ थापा, राम थापा, बिज्ञान क्षेत्री, नैन गुरुङ र राज ज्ञवालीले शेर्पालाई बधाई कार्यक्रम आयोजना गरे।
नेपाली राजदूतावासको तर्फबाट भरत रेग्मीले शेर्पालाई बधाई दिने कार्यक्रममा साउथ अफ्रिकामा रहदै आएका ४० नेपालीहरुमाझ भएको कार्यक्रममा शेर्पाको यात्राको लागि सबैले शुभकामना दिएका थिए।
ूमे २९ मेमोरिअल ट्रस्टले सन २००३ डिसेम्बरमा बिदाइ गरेपछि हाल सम्मको समय एक्दमै चाडो बितेरहेको भान मलाई भएको छ।ू कार्यक्रममा बोल्दै शेर्पाले सबैलाई धन्यवाद दिदै भने। यसै क्रममा आफ्नो ९ बर्षको यात्राको श्रेय उनी संसारभरी रहेका मित्र, शुभेच्छुक, सहयोगी र शुभचिन्तकहरुलाई दिए।
बिगत ३ महिनादेखि भिसाको समस्याको कारण साउथ अफ्रिकामा रहदै आएका शेर्पाको जनवरी २०१३ मा आफ्नो ८९ औ देश बोत्स्वनातर्फ जाने लक्ष्य रहेको छ। यस्को लागि आवश्यक तयारी भईसकेको उनले बताए।
यही बर्ष आफ्नो १०० देश भ्रमण सकेर बिशेष कार्यक्रम आयोजना समेत गर्ने उनको योजना रहेको छ। त्यसबाहेक व्हील्चेअर बितरण गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याइ रहेको फुर्तेम्बा शेर्पा फाउण्डेसनमार्फत यो बर्ष थप ४० बिशेष क्षमता भएका ब्यक्तिहरुलाई सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b