सन्तोष काफ्ले /एचकेनेपाल डट कम –
धरान, १३ पुष। सूर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका व्यसायिक गल्फर रवि खड्काले उचालेका छन्।

पार ७० को गल्फ कोर्षमा कुल ३ ओभर २८३ स्कोर बनाउदै रविले उपाधि उचालेका हुन्। उनले अर्का व्यवसायिक गल्फर सञ्जय लामालाई मात्र एक स्ट्रोक पछि पार्दै उपाधि उचालेका हुन्। च्याम्पियन रविले उपाधि ट्रफीसँगै नगद ८८ हजार पाए।

तस्विरः सन्तोष काफ्ले /एचकेनेपाल डट कम

प्रतियोगिताको फाइनलमा शुक्रबार रविले ३ ओभर ७३ को कार्ड बनाएका थिए। यो उपाधि उनको पाँचौ भएपनि सूर्य नेपालको इष्र्टन ओपन पहिलो पटक जित्न सकेको उनले रविले खुशी व्यक्त गरे। फ्रष्ट नाइन राम्रो खेलेपनि ब्याक नाइनमा सट र पट बिग्रिएको भए पनि उपाधि उचाल्न सकेकोमा आफूलाई खुसी लागेको उनको प्रतिक्रिया थियो। प्रतियोगितामा कुल ४ ओभर २८४ स्कोरका साथ दोस्रो हुदै सञ्जय लामाले नगद ५५ हजार थापे। उनले अन्तिम दिन २ ओभर ७२ कार्ड बनाएका थिए।

स्थानीय गल्फर मणी राईले कुल ५ ओभर २८५ स्कोरका साथ तेस्रो स्थानमा रहे। उनले अन्तिम दिन इभन पार ७० स्कोर गदै नगद ४० हजार हात पारे। दोस्रो र तेस्रो दिनको खेल समाप्तिसम्म पहिलो स्थानमा रहेर उपाधि जित्ने सम्भावना बोकेका धराने गल्फर सुमन राई भने अन्तिम दिन खराब प्रर्दशन गदै चौथो स्थानमा झरे। उनले कुल ६ ओभर २८६ स्कोर गरेका थिए। सुमनले नगद ३४ हजारमै चित्त बुझाए। अन्तिम दिन शुक्रबार उनले ७ ओभर ७७ को कार्ड बनाए।

यसैगरि, एमेच्योरतर्फ भने कुल ११ ओभर २९१ स्कोर गरेका बिष्णु शर्माले उपाधि जिते भने विकास बोगटी भने कुल १३ ओभर २९३ स्कोरका साथ एमेच्योरतर्फ दोस्रो भए। व्यवसायिक तथा एमेच्योरतर्फका विजेता खेलाडीहरुलाई नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निर्वाणा कन्ट्री क्लबका अध्यक्ष शशीराम भण्डारी, अतिथि टाँसी घलेलगायतले ट्रफी एवं नगद पुरस्कार वितरण गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस