एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २७ डिसेम्बर । नेपाली सप्ताह २०१२ को अवसरमा भूपीजयन्ती तथा विद्यार्थी सम्मान कार्यक्रम मंगलवार इस्लामिक कसिम ट्युट मेमोरियल कलेज (आईकेटीएमसी) चाइवानमा सम्पन्न भयो।
हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा सम्पन्न कार्यक्रको संयोजन हङकङ नेपलिज फाउण्डेसनको रहेको थियो। कार्यक्रमको सभापतित्व परिषद्का अध्यक्ष पशन तमूले गरेका थिए। फाउण्डेसनका अध्यक्ष किसन राईको स्वागत तथा नेपाली सप्ताह विषयक मन्तव्यबाट शुरु भएको कार्यक्रममा भूपी शेरचनको तस्बिरमा पुष्पार्पण गरिएको थियो।
तस्विरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
कार्यक्रमका प्रमुखअतिथि साहित्यकार राजन मुकारुङले यस वर्ष क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत नेपाली विषयमा हङकङबाट सर्वाधिक अंक प्राप्त गर्न सफल सुश्री रुची पुनलाई ‘हङकङ नेपाली शिक्षा पुरस्कार’ प्रदान गरेका थिए। हङकङमा अध्ययनरत विद्यार्थीहरुले पहिलो पटक दिएको उक्त परीक्षामा आईकेटीएमसीका छजना विद्यार्थीहरु उत्तिर्ण भएका थिए।
सोही समारोहमा यस वर्ष एचकेडीएसई र हङकङका विभिन्न विश्वविद्यालयबाट विभिन्न तह उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। सम्मान गर्नेहरुमा आईकेटीएमसीका भाइस प्रिन्सिपल मा विङ–च्योङ, फाउण्डेसनका कोषाध्यक्ष अमोद राई, फाउण्डेसनका सदस्य दीपक गुरुङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे र सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञात रहेका थिए।
भयवादका प्रवर्तक देश सुब्बाको भूपीको परिचयका साथ शुरु भएको कार्यक्रमको दोस्रो चरणमा कविता वाचन गरिएका थिए। सोही अवसरमा प्रमुखअतिथि मुकारुङको पछिल्लो उपन्यास ‘दमिनी भीर’ कार्यक्रमका कार्यक्रमका सभापति तमू, प्रतिष्ठानका अध्यक्ष सम्बाहाम्फे र समाजका अध्यक्ष अज्ञातले संयुक्त रुपमा गरेका थिए।
आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वा र हाङयुग अज्ञातले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कविता वाचन गर्नेहरुमा आईकेटीएमसी प्यारेन्ट्स टिचर्स एशोसियसनका अध्यक्ष बसन्त श्रीनेट, मोती चाम्लिङ, दीपा एवाई राई, डीबी पालुङ्वा, देश सुब्बा र टंक सम्बाहाम्फे रहेका थिए।
गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष नरहाङ राई र ब्रिटिश गोर्खा भूपू सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङलगायतलाई आतिथ्य रहेको कार्यक्रमको पुरस्कार वितरण फाउण्डेसनका सदस्य पूर्णकला गुरुङले र अन्य कार्यक्रम परिषद्का सचिव नन्दलाल थोकरले गरेका थिए।
स्मरण रहोस् फाउण्डेसनको संयोजनमा डिसेम्बर २५–३१ का दिन हरेक वर्ष ‘नेपाली सप्ताह’को रुपमा मनाइने गरेको छ। उक्त अवधिमा नेपाली भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यक्रम हुने गरेका छन्। यो आइतबार ३० डिसेम्बरका दिन युनलङमा सांस्कृतिक झाँकी हुने आयोजकहरुले बताएका छन्। उक्त झाँकी स्थानीय जकी क्लव स्क्वायर (घडी पार्क)देखि युनलङ टाउन हलसम्म हुने छ।
सम्मानित विद्यार्थीहरु
University Graduates:
Chura Bahadur Thapa
Masters Degree in Education, Baptist University Hong Kong
Pursuing PHd in Education, Baptist University
Bimal Gurung
Masters of Science in Biochemical and Biochemistry
The Chinese University of Hong Kong
Working as Teacher and Pursuing for Phd further study
Shilendra Bogati
Post Graduation in English Studies
The Hong Kong Institute of Education
Working as Teacher at IKTMC
Parmila Limbu
Bachelor in Language Studies (English)
Open University of HK
Working as Teacher in a secondary school
Rai Pratima
Math Level 2
Liberal Studies Level 2
English Level 2
University: UTS Australia Business in A/c
Rai Dipa
Math Level 2
Libral Studies Level 2
Biology Level 3
English Level 4
Pursing the university education in aboard
Kadhoori Secondary School
Thapa Shova
Mathematics (Module 1): Level 2
Chemistry and Compulsory Mathematics: Level 3
BAFS: Level 4
English and LS: Level 5
Gurung Anup
English lvl 4,
Maths Lvl 2
Liberal studies lvl 2,
Ict lvl 2Tourism and hospitality lvl 2
Open university of HK Lipace (lai king)
faculty- inTroduction to tourism and hospitality industry
Chura Kumari Subba
English – Level 5
Maths – Level 3
Liberal Studies – Level 3
Business Accounting and Finance Studies(BAFS) – Level 4
Tourism and Hospitality Studies(THS) – Level 4
Lingnan University: Faculty of business, Bachelor in Business
Administration
Yem Gurung
English: Level 4
Math: Level 4
Bilogy Level 3
Combine Chemistry & Physics: Level 3
University: The Technological & Higher Education Institute of Hong Kong
Prakash Rana
English: Level 4
Math: Level4
Liberal Studies: Level4
Bilogy Level 3
Combine Chemistry & Physics: Level 4
University: Bachelor of social sciences in Langnan University
Alisha Chongbang
English: Level 4
Math: Level 2
Liberal Studies: Level3
Hong Kong Adventist College, Bachelor of science in Psychology
Cambridge Certificate in Nepali Language
Ruchi Pun
Sangita Gurung
Kul bahadur Thapa
Anoj Gurung
GCSE Nepali Certificate Outstanding student
Ruchi Pun
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b