सोनाम शेर्पा /एचकेनेपाल डट कम-
टोकियो, पुस १२ – जापानको तल्लो सदनले सिन्जो आवेलाई जापानको नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ।

निवर्तमान प्रधानमन्त्री योसिहिको नोदाले राजीनामा दिएपछि संसदको विशेष समयमा २६ तारिख बुधबार आवेको नाम प्रस्ताव गरेका हुन्।

नोदाको दल डेमोक्रेटिक पार्टीले गत डिसेम्बर १६ तारिख आईतावारको दिन भएको तल्लो सदनको संसदका लागि ४६ औं चुनावमा बिपक्षी दल लिबरल डेमोक्रेटिक पार्टीसँग पराजय भोगेको थियो। ४ सय ८० सीटका लागि भएको निर्वाचनमा आवेको दल लिबरल डेमोक्रेटिक पार्टीले २ सय ९४ सीटसहित भारी बहुमत ल्याएको थियो।

५८ वर्षीय आवे दोस्रो कार्यकालका प्रधानमन्त्री हुँदैछन्। यसअघि उनी सन् २००६ मा एक वर्षका लागि प्रधानमन्त्री भएका थिए। कृषिमन्त्री तोशिकात्सु मात्सुओकाले आत्महत्या गरेपछि उनको लोकप्रियता ओरालो लागेको थियो। लगत्तै माथिल्लो सदनको निर्वाचनमा उनको पार्टीले ठूलो पराजय भोग्नुपरेकै बेला अर्का कृषि मन्त्री नोरिहिको आकागी पनि भ्रष्टाचार मुद्दामा फँसेका थिए।

मन्त्रिमण्डल पुनर्गठन गरी ल्याइएका नयाँ कृषि मन्त्री टाकेहिको इन्डो पनि आर्थिक कान्डमा फँसेपछि १२ सेप्टेम्बरमा आबेले अस्वास्थको कारण देखाएर अकस्मात राजीनामा दिएका थिए। नबनिर्वाचित प्रधानमन्त्री सिन्जो आबे राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएका हुन्। उनका हजुरबा कान आबे र बुबा शिन्तारो आबे दुवै राजनीतिमा थिए। उनकी आमा योको किशी जापानका पूर्वप्रधानमन्त्री नोबुसुके किशीकी छोरी हुन्।

उनी जापानमा नयाँ आर्थिक सुधार, चीन र दक्षिण कोरियासँगको सम्बन्ध विस्तारको एजेण्डासहित निर्वाचनमा गएका थिए। उनले जापानको आर्थिक मन्दी उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। तर विविध कारणले जापानमा आर्थिक मन्दीको अवस्था कायम रहेको बेला त्यहाँ आर्थिक वृद्धि गर्नु उनका लागि चुनौति रहेको विश्लेषकहरुले जनाएका छन्।

प्रधानमन्त्री सिन्जो आबे बिदेश नीतिको ममलामा सशक्त नेताको रुपमा लिईन्छ र उनको पुन:आगमनको अर्थ अब जापानको बिदेश नीति कडा हुने र चीन तथा उत्तर कोरियासँग थप तनाव बढ्ने राजनैतिक बिश्लेषकहरुको अनुमान छ। यसैक्रममा जापानले बरिष्ठ कुटनितिज्ञ मासातो कितेरालाई चीनको लागि आफ्नो नयाँ राजदूतमा चयन गरेको छ। राजदूत मासातो गत मंगलवार बेईजिङ पुगेर औपचारिक रुपमा आफ्नो काम सुरु गरेका छन्।

लिबरल डेमोक्रेटिक पार्टीको जितसँगै जापानको अर्थतन्त्रमा सुधार देखिन थालेको छ। जापानको स्टक बजारमा निक्के ईन्डेक्सले दस हजार यान नागेको छ भने २० महिना पछि जापानिज यान १ डलर बराबर ८५.३८ यान पुगेको छ। यस्तै हङकङ, न्यूयोर्क, सिंगापुर, लण्डन, ताईपेई र सउललगायतको स्टक बजारहरुमा पनि जापानले राम्रो अंक प्राप्त गरेको छ।

यसैविच नब निर्वाचित प्रधानमन्त्री सिन्जो आबेको अध्यक्षतामा पहिलो क्याबिनेट बैठक बसेको छ। प्रधानमन्त्री सिन्जो आबेले जापानका पुराना दुई बरिष्ठ राजनितिज्ञलाई आफ्नो मंन्त्रीमंडलमा समेल गरेका छन। यस अघि क्याबिनेटका मुख्य सचिव तथा जापान सरकारको प्रवक्ता ६४ बर्षिया सुगा योसिदाले पत्रकार सम्मेलन गरेर आबे सरकारको मंन्त्रीमंडलको नाम सार्वजानिक गरेका थिए।

जस आनुसार आसो तारो उपप्रधानमन्त्री तथा अर्थमंन्त्रीमा नियुक्त भएका छन्। ७२ बर्षिया आसो जापानका पूर्व-प्रधानमन्त्री हुन्। यस्तै ६७ बर्षिया बरिष्ठ राजनितिज्ञ सादाकाजु तानिगाकी कानुन तथा न्याय मन्त्रीमा नियुक्त भएका छन्। यि दुई बरिष्ठ राजनितिज्ञ आगामी बर्ष हुने माथिल्लो सदनको संसदका निर्वाचनको मुख्य मोहराको रुपमा परिचालन गरिने अनुमान गरिएको छ।

प्रधानमन्त्री आबेले अन्य प्रमुख मंन्त्रालयहरुमा, लिबरल डेमोक्रेटिक पार्टीका निवर्तमान अध्यक्ष ६७ बर्षिय सादाकाजु तानिगाकीलाी कानुन तथा न्यायमंन्त्रीमा, ५२ बर्षिय ईचुनोरी ओनोदेरालाई रक्षामंन्त्रीमा ५५ बर्षिया फुमिको किशादालाई परराष्ट्रमंन्त्रीमा र निवर्तमान टोकियो मेयर ईसिहारा सिनतारोको छोरा तथा पूर्व क्याबिनेट मुख्य सचिव ५५ बर्षिय नोबुतेरु ईसिहारालाई बातावरण, रासयण, परमाणु तथा उर्जामंन्त्रीमा नियुक्त गरेका छन।

त्यस्तै ५४ बर्षिय योसिताका सिनोदा अन्तरिक तथा संचारमंन्त्री, ६३ बर्षिय आकिरा अमारी अर्थ सुधारमंन्त्री, ६७ बर्षिय आकिहिरो ओता भूसंरक्षण, यातायात तथा पर्यटनमंन्त्री, ५२ बर्षिय योसिमासा हायासी बन तथा कृषीमंन्त्री, ५८ बर्षिय तोसिमाचु मोतेगी वाणिज्य तथा उद्योगमंन्त्री, ५८ बर्षिय हाकुबुन सिमोमुरा शिक्षामंन्त्री, ५५ बर्षिय ईचिता यामामोतो प्रन्तीय, ओकिनावा मामिला तथा उत्तरी बिभागमंन्त्रीमा नियुक्त भएका छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस