गोपाल दाहाल / एचकेनेपाल डट कम –
ब्रिटिस गोरखा आर्मीमा कार्यरत नग्स राईले धरानमा रहेको अपाङ्ग पुनस्र्थापना गृहका लागि सिरक, वेडकवर र तौलिया प्रदान गरेका छन्।
शुक्रबार साप्ताहिकको गत अंकमा प्रकाशित अपाङ्ग पुनस्र्थापना गृहको समाचार पढेर प्रभावित बनेका राईले नेपाल रिपब्लिक मिडिया मार्फत गृहका बालबालिकाकालागि लत्ता कपडा प्रदान गरेका हुन् । बुधबार नागरिक दैनिक तथा शुक्रबार साप्ताहिकका प्रधानसम्पादक किशोर नेपाललाई उनले कार्यालयमै सो सामाग्री हस्तान्तरण गरे।
तस्विरः दीपेश श्रेष्ठ नागारिक/ रिपब्लिक
बेलायतमा रहेका राई क्रिसमस विदामा २ हप्ताकालागि नेपाल आएको बेला पत्रिकामा समाचार पढेपछि सहयोग गरेपछि प्रधान सम्पादक नेपालले उनलाई धन्यवाद दिंदै विदेशमा रहेका युवाहरुको सानो सहयोग पनि नेपालीहरुका लागि ठुलो हुने बताए।
उनले सामाग्री हस्तान्तरण गर्दै आफ्नो पहिलादेखि समाजका लागि केही गर्ने सोच भएकाले सहयोग गरेको बताउदै भने ‘यहिं बाट मेरो समाजसेवा सुरु भयो, अब यस्तो सेवा निरन्तर गर्छु र रिटायर्ड भएपछि नेपालमै बसेर सामाजिक कार्य गर्छु।’
उनले यसअघि पनि बाढी पीडित, मृगौला पीडितलाई सहयोग गर्दै आएको बताए। पहिला इटहरी र हाल काठमाडौका वासिन्दा राई सत्र बर्षदेखि ब्रिटिस सेनामा कार्यरत छन्। नेपाल रिपब्लिक मिडियाले उक्त सामाग्री अपाङ्ग पुनस्र्थापना गृह धरानमा पठाई दिने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b