Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

LIVE UPDATE: राजधानीमा एमालेको शक्ति प्रदर्शन

राजधानीमा एमालेको शक्ति प्रदर्शन
LIVE UPDATE: एमालेको आमसभा सुरू
एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, २१ फागुन । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक उद्घाटन आमसभा राजधानीको खुलामञ्चमा सुरू भएको छ।
17.11 एमाले सचिव युवराज ज्ञवालीले आमसभा बोल्दै पार्टीले पटक-पटक हण्डर ठक्कर खाएको बताए।
17.13 एमाले बलियो भएमात्रै शान्ति र संविधान सुनिश्चित।
17.16 एमाले बलियो भएमात्र मुलुकको सवै समस्या समाधान हुने ज्ञवालीको दावी।

17.20 अहिले एमाले महासचिव ईश्वर पोखरेल बोलिरहेका छन्।
17.26 विगतमा कमी कमजोरी भएको स्वीकार गर्दै विगतका कमजोरी सच्याउंदै अगाडि बढ्नु पर्ने बताए। उनले अब कमजोरी सच्याउँदै हामी राष्ट्रिय राजनीतिमा जुरुक्क उठ्ने बेला आएको बताए।
17.26 हिंसासहितको माओवादीलाई स्वीकार नगर्ने उनको भनाई।
17.29 माओवादी अहिले पनि हिंसा, लुट र अधिनायकत्वको कुरा गरिरहेको बताउंदै माओवादीलाई किमार्थ स्वीकार गर्न नसक्ने महासचिव ईश्वर पोखरेलको भनाई।
17.31 माओवादीले भन्दैमा जर्नेल र कर्नेल पाउँदैनन्। त्यसको लागि सेनाको मापदण्ड पूरा गर्नुपर्छ।
17.35 समायोजनमा जाने हो भने मापदण्ड पूरा गरेर आउ, तर हिजो जनयुद्ध लडेका नाममा हिस्सेदारी चाहिन्छ भन्ने हो भने त्यो एमालेलाई किमार्थ मान्य हुने छैन।

17.39 अहिले एमाले उपाध्यक्ष अशोककुमार राई बोल्दै छन्।
17.40 प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न राईको सुझाव।
17.50 अहिलेको सरकारमा इतिहासमा सबैभन्दा भ्रष्ट मन्त्रीहरु रहेको राईको भनाई।
17.52 सिंहदरबारको संघारैमा बम पड्किएकोले शान्ति सुरक्षाको अवस्था ध्वस्त छ।

17.55 अहिले एमाले उपाध्यक्ष बामदेव गौतम बोलिरहेका छन्। राजतन्त्र समाप्त भइसक्यो, कसकाविरुद्ध माओवादीले जनविद्रोह गर्ने गौतमको प्रश्न।
18.01 गौतमद्वारा बाबुराम भट्टराई नेतृत्वको सरकार किसानमारा सरकार भएको टिप्पनी।
18.02 माओवादी नेतृत्वमा नयाँ नेपाल सम्भव नभएको गौतमको दाबी।
18.03 मधेसी पार्टीहरु मधेसी मुक्तिका निम्ति हैन भ्रष्टाचार गर्नका लागि सरकारमा सामेल भएको उनको आरोप।
18.04 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी टिकाइराख्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका अगाडि घुँडा टेकेको आरोप।
18.06 संविधान बनेपनि र नबनेपनि देश र जनताको संरक्षण गर्ने जिम्मेबारी एमालेले बोक्नु पर्ने गौतमको भनाई।
18.07 इतिहासले एमालेलाई ऐतिहासिक जिम्मेबारी दिँदैछ, त्यसलाई पूरा गर्न एमाले एकतावद्ध हुनुको विकल्प छैन।

18.08 अहिले एमाले एमाले नेता केपी ओली बोलिरहेका छन्।
18.09 अहिलेको सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट रहेको ओलीको आरोप। ‘दस वर्ष विदेशमा बसेको युवाले एउटा मोटरसाइकल किन्न सकेको छैन,’जनयुद्धमा लागेका कमरेडहरुले काठमाडौंमा टावर बनाएका छन्’उनले भने।
18.27 कुर्सी समाएर बसेको नालायक सरकार भ्रष्टाचार कहाँ गर्न पाइन्छ भन्दै सुँघ्दै हिँडेको ओलीको आरोप।
18.41 नेता ओलीले माओवादीका लडाकुहरुप्रति इङ्गित गर्दै भने, ‘तिमीहरुलाई देखाएर माओवादीले राजनीति गर्‍यो अहिले तिमीहरुलाई चेक खोसेर रुवाएर क्यान्टोन्मेन्टबाट फर्कायो।’
18.43 उनले माओवादी लडाकु तथा तमाम युवाहरूलाई नेकपा एमालेमा आउनसमेत आग्रह गरे।
18.50 भट्टराई सरकार विदेशी प्रभूको सेवामा समय खर्चिएको ओलीको टिप्पणी।

18.55 अहिले एमाले नेता माधवकुमार नेपाल बोल्दैछन्। प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान नबने फेरि युद्ध भएर पचासौँ हजार मर्न सक्छ भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै युद्धको धम्कीबाट कोही नतर्सिने बताए।
18.59 नेता नेपालले युद्धको धङधङीबाट मुक्त हुन माओवादीलाई आग्रह गर्दै ‘फेरि युद्ध हुने, मान्छे मर्ने धम्की दिएर तर्साउंदैमा एमाले जे भन्यो त्यही मान्छ भन्ठानेको भए गलत हो।
19.00 एमाले मुलुककै पहिलो ठूलो पार्टी हुने दाबी गर्दै त्यसको सुरुवात आजैबाट सुरु भएको बताए।

19.28 अहिले एमाले अध्यक्ष झलनाथ खनाल बोलिरहेका छन्। संविधान सभाको निर्वाचनमा आफ्नो पार्टी जेजस्तो कारणले तेस्रो भएको भए पनि आम जनमानसको मनमा अझै एक नम्बरकै पार्टी रहेको दावी गरे।
19.31 राष्ट्रिय प्रतिनिधि परिषद बैठकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै खनालले एमालेका लागि खुलामञ्च साँघुरो भएको बताए।
19.32 पार्टीभित्रको एकतापछि एमालेका लागि काठमाडौंको खुलामञ्च साँघुरो हुन थालेको उनको भनाई थियो।
19.49 खनालले माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन नसक्ने बताउंदै कांग्रेसले कस्तो लोकतन्त्र खोजेको हो प्रश्न गरे। गर्दै लोकतन्त्र राजनीतिक हल्ला गर्ने व्यवस्था मात्र नभएको भन्दै अब कांग्रेसले नभई एमालेले मात्र लोकतन्त्र बचाउंने दाबी गरे।
19.52 सरकार अधिनायकको बाटोमा हिडिरहेको बताउंदै खनालले यो सरकारलाई जनविरोधी सरकारको संज्ञा दिए।

राजधानीमा एमालेको शक्ति प्रदर्शन
एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, २१ फागुन । नेपालकै पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउन एमालेका नेता तथा कार्यकर्ताहरू आइतवार राजधानीको सडकमा उत्रेका छन्।

तीन दिनसम्म चल्ने राष्ट्रिय प्रतिनिधि परिषद बैठक उद्घाटनमा सहभागी हुन एमाले नेता तथा कार्यकर्ताहरू सडकमा उत्रेपछि राजधानीको सवारी अस्तव्यस्त बनेको छ।

एमालेले आजको कार्यक्रमलाई शक्ति प्रदर्शनको रूपमा लिएको छ। उपत्यकाका १६ वटा प्रमुख केन्द्रबाट निस्केको जुलुस खुलामञ्च पुगेर आमसभामा परिणत हुने छ। खुलामञ्चबाट सुरु हुने बैठकको सोमबार र मंगलबार प्रज्ञा भवनमा बन्दसत्र हुनेछ। परिषद बैठकमा झण्डै नौ सय प्रतिनिधिले भाग लिनेछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by