एचकेनेपाल डट कम संवादादाता-
काठमाडौ, ११ पुस । गत वर्ष चैत २१ गते राति विर्तामोडस्थित बसपार्कमा हत्या गरिएका पत्रकार यादव पौडेल स्मृति ग्रन्थ प्रकाशित भएको छ।
पत्रकार पौडलले काम गरेको स्थानीय न्यूमेची टाइम्स दैनिकद्वारा स्थापित ‘यादव पौडेल खोज पत्रकारिता पुरस्कार कोष’ ले उनको सम्झनामा यादव पौडेल नामक स्मृति ग्रन्थ प्रकाशित गरेको हो।
सो स्मृति ग्रन्थमा हत्या भए यता देश विदेशका सञ्चार माध्यममा प्रकाशित त्यस सम्बन्धी लेख रचना संग्रहित गर्नुका साथै नेपाल पत्रकार महासंघ, प्रेस युनियन र प्रहरीको प्रतिवेदन समेटिएको छ।
‘हत्या सम्बन्धी मर्मस्पर्शी एवम् तथ्यपरक लेखहरु समेटिएका छन्।,’ स्वर्गीय पत्रकारका सहकर्मी न्यूमेची टाइम्स दैनिकका सम्पादक तीर्थ सिग्देलले बताए – ‘म पनि त्यस घटनामा मर्न सक्ने थिएँ। बाँचेपछि केही गर्नु ठानेर त्यस बारेको सत्य तथ्य बाहिर ल्याउने कोशिस गरेको हुँ’।
सिग्देलले सम्पादन गरेको सो स्मृति ग्रन्थमा हत्यासँग सम्बन्धित ४५ वटा लेख समेटिएको छ भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाईनमा प्रकाशित अंग्रेजी सामाग्री संग्रहित गरिएको छ। हत्या भएका दिनका विभिन्न तस्बीर समेत समेटिएको स्मृति ग्रन्थको प्रकाशनपछि हत्या काण्डका विषयमा नयाँ तथ्यहरुलाई उजागर गरेको सञ्चारकर्मीहरुको विश्वास रहेको छ।
पुस्तकले पत्रकारिता क्षेत्रको जोखिम र त्यसमा कसरी काम गर्ने भन्ने शीप कौशलबारे समेत बताएको छ। पुस्तक २०० पृष्ठको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b