एजेन्सी / एचकेनेपाल डट कम-
८० वर्ष पुरानो अमेरिकी समाचार पत्रिका न्युजवीक अब नयाँ वर्षपछि देखिने छैन। लगातार आर्थिक नोक्सान व्योहोरेपछि न्युजवीकले छापा संस्करणबाट बिदा लिने भएको छ।


न्युजवीकको अन्तिम अंकको आवरण तस्विर तयार भएको छ। जसमा लेखिएको छ ‘#लास्ट प्रिन्ट इस्यू’ । यो आवरण ट्विटरमार्फत जारी भएको हो। अन्तिम संस्करणको आवरणमा मेनहटनस्थित पत्रिकाको मुख्यालयको तस्विर राखिएको छ।

न्युजवीकको छापा संस्करण बन्द भएपनि अनलाइन संस्करणले निरन्तरता पाउने छ। पत्रिकाकी सम्पादक टिना ब्राउनले पत्रिकाको प्रकाशन ढाँचामा परिवर्तन गरेको जनाएकी छन्। उनले भनेकी छन्-उनीहरुले जुन बदलाव ल्याएको छ, त्यो उनीहरुका प्रतिद्वन्दीहरुले पनि अपनाउने छन्।

सन् १९३३ को फेब्रुवरी १७ तारिख न्युजवीकको पहिलो अंक प्रकाशन भएको थियो। न्युजवीकको गणना हमेशा टाइम पत्रिकापछि दोस्रो स्थानमा रहंदै आएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस