दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १० पौष। आगामी माघको दोश्रो सातादेखि ११ औं संस्करणको अन्तर्रािष्ट्रय अन्तर क्लब फुटवल प्रतियागिता आहा ! रारा गोल्ड कप २०६९ हुने भएको छ।
पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म उक्त प्रतियोगिता संचालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्म्मेलनमा जानकारी गराईएको हो।
तस्विरः उमेश पुन /एचकेनेपाल डट कम
क्लबले यस बर्षदेखि पुरस्कारको धनराशिमा समेत बृद्धि गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउले प्रयोजनमा अघिल्ला बर्ष भन्दा बढी रकम दिएकोले तथा समयअनुसार उक्त पुरस्कारमा बृद्धि गरिएको क्लबका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।
प्रतियोगिताको विजेता टोलीले ३ लाख ५१ हजार, उपविजेताले २ लाख १ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने भएको छ। गत बर्ष विजेताले २ लाख र उपविजेताले १ लाख पाएका थिए। यस बर्ष क्लबले गत बर्ष भन्दा करीब ५ लाख पुरस्कार राशिामा बृद्धि गराएको जनाएको छ।
१२ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालका ए श्रेणीका क्लब, बंगलादेश र भारतका दुई गरी विदेशी ३ टिम, पुर्वाञ्चल र आयोजक गरी १२ टीमको सहभागिता रहने भएको क्लबका अध्यक्ष थकालीले बताए।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले टी भि एस माटरसाईकल पुरस्कार पाउने भएका छन्। उक्त पुरस्कार सहारा एफ.सी युके र भि. भि एस कम्पनीले गरेको क्लबका महासचिव केशवबहादुर थापाले बताए।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट टिम कोच, उत्कृष्ट स्ट्राईकर, मिडफिल्डर, डिफेण्डर, उत्कृष्ट गोलरक्षकलाई जनहि न्युनतम १० हजार नघटाई पुरस्कार दिने प्रतियोगिताका संयोजक विरभद्र आचार्यले बताए।
रेडवुलको सह प्रायोजन, कोकाकोलाको उपप्रयोजन, टिभिएस कम्पनीको सह उप प्रयोजक, ईको पानी अफिसियल ड्रिङकीङ वाटर, नेपाल पर्यटन बोर्डको प्रवद्र्धक, पोखरा उपमहानगरपालीका कार्यालयको संयोजन, राष्ट्रिय खेलकुद परिषद र एन्फाको बिषेश सहयोगमा उक्त प्रतियोगिता संचालन हुने भएको छ। प्रतियोगिता सम्पन्न गर्न करीब ६१ लाख ९२ हजार लाग्ने महासचिव थापाले बताए। प्रतियोगितबाट क्लबले ७० लाख आम्दानी गर्ने लक्ष्य राखेको छ।
यसै विच कार्यक्रममा क्लबका सचिव मनबहादुर क्षेत्रीले १ लाख ५१ हजा। १ सय ११ सहारा एकेडमिको सहयोगार्थ उत्त रकम क्लवलाई हस्तान्तरण गरेका छन्। त्यसै गरी आदिखोला फेन्सी स्टोर्सका सुरेन्द्र श्रेष्ठले २५ हजार कार्यक्रममा राम ध्वजुले १० हजार १ सय ११, सरोज विष्टले १० हजार ५ सय, सांगिला विकास बैंकले १० हजार, सहयोग गरे।
क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन वेलायतका सदस्य एवं क्लबका सल्लाहकार रमेश शर्मा बाँस्तोला, हिमश्री फुड्का निर्देशक प्रकास केसी, आहा गोल्ड कपका गीत रचनाकार एवम रेडियो अन्नपुर्णका समाचार संयोजक आरजु विष्ट शल्यानी लगायतले आहा रारा गोल्ड कप सफल पार्न आफूहरुको क्षेत्रबाट सहयोग गर्ने बताए।
२०५५ सालमा स्थापना भएको क्लबले पोखरा १७ दोविल्लामा बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगबाट करीब १ करोड २७ लाखमा सहारा एकेडेमि भवन निर्माण भएको छ। एकेडेमिमा फुटवल मैदान समेत निमार्णको क्रममा रहेको छ। उक्त प्रतियोगितबाट बचत भएको रकमले क्लबले सहारा एकेडेमि संचालन गर्दै आएको छ।
त्यसै गरी आहा रारा गोल्ड कपको भिडियो गीत समेत विमोचन गरिएको छ। आरजुु विष्ट शल्यानीको रचना, विनोद वानिया र सजुना थापाको गायनमा तथा सुरज श्रेष्ठको समायोजनमा उक्त भिडियो गित बनाईएको क्लबले जनाएको छ। यस अघि शल्यानीको रचनामा तथा विनोद वानिया लगायतका कलाकारहेको सयहोगमा आहा गोल्ड कपको गीत एवम मोवाईलको रिङ टोन समेत निमार्ण भएको थियो। क्
लबले आहा रारा गोल्ड कप सम्बन्धी सिआरविटि एवम पिआरविटि सार्वजनिक गरेको छ। नेपाल टेलिकमको मोवाईलमा ०१६००१८५१३ नम्वर तथा एनससेलमा ६०५१९९२८ नम्वर डाउन लोड गरी मोवाईलमा उक्त गीत राख्न सकिने भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b