एजेन्सी /एचकेनेपाल डट कम-
काबुल, २४ डिसेम्बर। एक महिला प्रहरीले अफ्गानिस्तानमा नाटो सैन्य सल्लाहकारको गोली हानी हत्या गरेकी छन्।
काबुल मुख्य प्रहरी कार्यालयको क्यान्टिनतर्फ जाँदै गर्दा नर्गीस नाम गरेकी महिला प्रहरीले अन्य सुरक्षाकर्मीहरुको अगाडि नै नाटो सैन्य सल्लाहकारको गोली हानी हत्या गरेकी हुन्।
घटनालगत्तै ती युवतीलाई हिरासतमा लिएको छ। नाटो अधिकारीहरुले उनको सम्बन्ध तालिबानसंग रहेको आशंका गरेका छन्।
यसैबीच, अन्य घटनामा एक अफ्गान सुरक्षाकर्मीले ६ जना सहकर्मीको अन्धाधुन्ध गोली हानेर हत्या गरेको छ। मारिनेमा एक अमेरिकी सैनिक रहेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b