एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ पुस । बैक अफ काठमाडौंको तुलसीपुर शाखाबाट लुटिएको केही रकम प्रहरीले सोही बैंकमा काम गर्ने ड्राइभरको कोठाबाट बरामद गरेको छ।

प्रहरीका अनुसार तुलसीपुर-४ शिवरनगरस्थित ड्राइभर अमर बोहराको कोठाबाट लुकाएर राखेको अवस्थामा एक बोरा खुद्रा पैसा बरामद गरेको छ। बोरामा राखिएको नगद प्रहरीले गन्दैछन्।

प्रहरीले बैंकका मेनेजर ऋषिकैलाश श्रेष्ठ, क्यासियर खगेन्द्र बस्नेत, ड्राइभर बोहोरालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

गत शुक्रबार साँझ बैंक अफ काठमाडौंको तुलसीपुर शाखाबाट २ करोड ६ लाख ३१ हजार ८ सय ४४ रुपैयाँ लुटपाट भएको थियो।

लुटपाटको समयमा बैंकको सीसीटिभि क्यामरा भूईतिर फर्काएको तथा कम्प्युटर सिष्सटममा अवरोध पुर्याएको अनुसन्धानमा देखिएकोले लुटपाटमा सोही बैंकका कर्मचारीकै संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस