एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ पुस । हत्या र किर्तेका घटनाका आरोपी जनकपुरको रत्नसागर मठका महन्थ बनेका भारतीय नागरिक बैकुण्ठ तिवारीलाई कारवाही गर्न स्थानीय बासिन्दा र नागरिक समाजले माग गरेको छ।

रमानन्द यूवा क्लबको अगुवाईमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुठिको जग्गा किर्ते गरेर विक्री गरेको, नक्कली कागजात बनाएर न्यायालयलाई समेत झुक्याएको आरोपमा कारवाही गर्न सप्रमाण लामो समयदेखि आग्रह गर्दा पनि कारवाही नभएको भन्दै कारवाहीको माग गरेका हुन्।
२०६० साल फागुण १३ गते गुठि संस्थानले १ वर्षको परिक्षणसहित ५ वर्षको लागि महन्थमा नियुक्त भएका तिवारीले कार्यकाल थप भएको नक्कली पत्र बनाएर गुठिको जग्गा ब्यक्तिको नाममा विक्री गरेर करौडौ रुपैया कुम्ल्याएको आरोप पत्रकार सम्मेलनमा लगाईएको थियो।

पत्रकार सम्मेलनमा प्रस्तुत जानकारी अनुसार भारतको विहार मुजफ्फरपुर जिल्ला मधेपुरा गाँउ घर भएका तिवारीले अविवाहित महन्त रामप्रकाश शरणलाई पिता बनाएर बंशजको आधारमा नागरिकता लिएको, गुठि सस्थानले गत कार्तिक ३ गते गुठिको सम्पूर्ण सामान बुझाउन पत्र लेखेकोमा गुठिको काम सन्तोष जनक रहेकोले काम कारवाही अघि बढाउनु भन्ने आशयको पत्र समेत किर्ते गरी तयार पारेका छन्। सो विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिटमा समेत सोही किर्ते कागजको आधारमा उनले स्टे अर्डर जारी गराउन सफल भएको यूवा नेपाल क्लबका अध्यक्ष सरोज मिश्रले जानकारी दिए।

किर्तेको विषयमा गुठि सस्थानले समेत यथार्थ विवरण उपलब्ध गराउँदा गराउँदै समेत सर्वोच्चले महन्थको पक्षमा फैसला गरेकोमा उनले असन्तुष्टि प्रकट गरे।

महन्थ तिवारीमाथि जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिसोर झाको हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको, किर्ते नागरिकताको मुद्दा गृहमन्त्रालय र अख्तियारमा विचाराधिन रहेको र मठको जग्गा विक्री गर्न जाँदा किर्ते गरेको प्रमाणित हुँदा समेत कारवाही नगरी उनलाई स्थानिय प्रशासनले संरक्षण गरेकोमा स्थानीय बासिन्दा आक्रोसित बनेका छन्।
उनीहरुले तत्काल महन्थ ठाकुरलाई पदमुक्त गरेर कानूनी कारवाही गराउन माग गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस